Kanakai Online

सन्थाल फुटबल प्रतियोगितामा आयोजक टिम बिजयी,चारपाने बन्यो उपबिजेता।


शनिवार, माघ १७, २०७७ |

मदरगाछ,माघ १७।सन्थाल समाज झापा गाउँपालिका-७ को आयोजनामा जारी जिल्ला स्तरिय सन्थाल नकाउट फुटबल प्रतियोगितामा शनिबार फाइनल खेल सम्पन्न भएको छ।आयोजक टिम र चारपाने बिर्तामोड बिच भएको खेलको उद्घाटन गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले गर्नु भएको थियो।


निर्धारित समयमा गोलरहित बराबर भएपछी खेल ट्राइबेकरमा धकेलिएको थियो।ट्राइ बेकरमा आयोजकले ४-१ को गोल अन्तरले चारपानेलाई पराजित गरेको थियो।चारपानेको लगातार २ गोल असफल भए पछी आयोजकका तर्फबाट अर्जुन सोरेन,बुधलाल टुडु,बुधन सोरेन र उमेश मुर्मुले ४ गोल लगाएका थिए भने चारपानेका तर्फबाट विशाल मुर्मुले १ गोल लगाएका थिए।त्यस्तै प्रतियोगिताका हाईस्कोर र उमेश मुर्मु भएका छन भने म्यान अफ द म्याच चारपानेका राजु सोरेन भएका छन ।

 
फाइनल खेलका बिजेता र उपबिजेता टिमलाई प्रमुख अतिथी समेत रहेका गाउँपालिका प्रमुख जयनारायण शाहले नगद,ट्रफी र प्रमाण पत्र प्रदान गर्नुभयो।शाहले युवाहरुले खेलकुद प्रती रुचीलाई गाउँपालिकाले समेत सहयोग गर्ने प्रतिबद्दता जनाउनु भयो।


सन्थाल समुदायको मौलिक संस्कृती बाजा गाजा र नृत्य सहित भएको फाइनल खेलमा झापा गाउँपालिकाका वडाध्यक्षहरु हरी बहादुर बानियाँ,नेत्रप्रसाद उप्रेती त्यस्तै लोकबहादुर बस्नेत,प्रहरी चौकी प्रमुख भोलानाथ वाग्ले,इप्रका प्रमुख खड्गबहादुर गिरी,तेज श्रेष्ठ,वासुदेव दाहाल,अन्जु थपलिया,शिव कडेल लगायतको उपस्थिती रहेको थियो।


नेपालकै लोपोन्मुख जातीमा पर्ने सन्थाल समुदायको झापा र मोरङमा मात्र बसोबास रहेको छ।पछिल्लो समय यस समुदायका युवाहरुले खेलकुदमा रुचि देखाएको पाइन्छ।अल्पसंख्यक जातीमा पर्ने यस समुदायले झापा गाउँपालिकामै पहिलो पटक जिल्ला स्तरिय फुटबल प्रतियोगिताको आयोजना गरि सह्रानीय काम गरेका छन।आफ्नो जातीको पहिचान पुग्ने हेतुले खेल आयोजना गरेको सन्थाल समाजका अध्यक्ष नरेश मुर्मुले बताउनु भयो।

सम्बन्धित खबर