कनकाई अनलाईन
झापा लगायात देशका अन्य पालिकाहरुमा नगरप्रमुख उपप्रमुखहरुले महगो मुल्यका गाडी सुविधा लिइरहेको समाचार आइरहेको बेला यहाँस्थित कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले भने आफुले चढ्ने गाडी समेत प्रहरीलाई प्रदान गर्नुभएको छ ।
विशेष कार्यक्रमका विच मेयर पोखरेलले आफु चढ्ने बुलेरो गाडीको चाबी इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक उदय संम्सेर जबरालाई हस्तानतरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पोखररेलले आफुले चढ्नुभन्दा प्रहरीलाई दिदा जनताको जिउ धनको सुरक्षा बढी हुने भएकोले आफुले चढ्ने गाडी प्रहरीलाई दिएको बताउँनुभयो । मेयर पोखरेलले यस अघि समेत गाडी किन्न छुट्टाएको ५० लाख रुपैँया रकम समेत प्राविधिक शिक्षाका लागि प्रदान गर्नुभएको थियो । सुरुङ्गा प्रहरीलाई कनकाई नगरपालिकाले यसअघि समेत प्रतिमहिना ७० हजारमा गाडी भाडा लिएर समेत केहि महिना उपलब्ध गराएको थियो तर महगो गाडीभाडामा लिदा नगरपालिकालाई वढी भार भएकोले आफु चढ्ने गाडी प्रहरीलाई दिएको पोखरेलले बताउँनुभयो ।
यस बर्ष समेत अप्सनको उक्त बोरोरो गाडी मेयरका लागि भनेर आएकोमा हाल इलाका प्रहरी कार्यालय सुरुङ्गाका गाडी जिर्ण भएर थक्नेका कारण प्रहरीलाई दिइएको नगरप्रमुख पोखरेलले बताउँनुभयो । यता प्रहरीले गाडी पाएपछि जनताको सुरक्षाका लागि आफुहरुलाई सहज भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख जबराले बताउँनुभयो । हामीलाई नगरपालिकाले गाडी दिनैपर्छ भन्ने पनि थिएन तर प्रहरी मैत्री नगरपालिका भएका कारण काम गर्न सजिलो भएको छ प्रहरी प्रमुख जबराले भन्नुभयो ।
कनकाई नगरपालिकाले जननिर्वाचित जनप्रतिनिधि आएपछि हालसम्म पनि कुनै गाडी खरिद गरेको छैन ।
गाडी हस्तानतण कार्यक्रममा कनकाई नगरपालिका उपप्रमुख मन्जु प्रसाई, प्रमुख कार्याकारी अधिकृत मोहनप्रसाद नेउपाने वार्डअध्यक्षहरु पर्शुराम गिरी लगायातको सहभागिता रहेको थियो ।