मदरगाछ,माघ १६।सन्थाल समाज झापा गाउँपालिका-७ को आयोजनामा जारी जिल्ला स्तरिय सन्थाल नकाउट फुटबल प्रतियोगितामा हिजो सेमिफाइनलको एक खेल सम्पन्न भएको छ।सालबारी अर्जुनधारा र चारपाने बिर्तामोड बिच भएको खेलमा ४-१ को गोल अन्तरले चारपानेले फाइनलको यात्रा तय गरेको छ।चारपानेका तर्फबाट गणेश हेमरम,राज सोरेन,श्याम मुर्मु र विशाल मुर्मुले १/१ गोल लगाउदै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने अर्जुनधाराले प्यानल्टीबाट १ गोल फर्काएको थियो।
त्यस्तै आज हात्तिमारा भद्रपुर र आयोजक बिच सेमीफाइनलको खेल हुने भएको छ।प्रतियोगितामा विजेतालाई २५ हजार,उप–विजेतालाई १५ हजार नगद तथा ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने सन्थाल समाजका अध्यक्ष नरेश मुर्मुले जानकारी दिनु भएको छ ।जिल्लाका १६ टिमले सहभागीता जनाएको प्रतियोगितामा खेलाडीहरु सन्थाल समुदायकै युवा रहने उहाँले बताउनु भयो।मुर्मुका अनुसार १७ गते प्रतियोगिताको फाइनल खेल हुनेछ भने फाइनल खेलकै अबसरमा हाइस्कोरर र म्यान अफ द म्याच घोषीत १/१ जनालाई ट्रफी,मेडल र प्रमाण पत्र दिइनेछ।