Kanakai Online

जारी सन्थाल फुटबल प्रतियोगितामा अर्जुनधारा र भद्रपुर बिजयी हुँदै सेमिफाइनलमा।


बुधवार, माघ १४, २०७७ |

मदरगाछ,माघ १४।सन्थाल समाज झापा गाउँपालिका-७ को आयोजनामा जारी जिल्ला स्तरिय सन्थाल नकाउट फुटबल प्रतियोगितामा आज क्वाटर फाइनलका दुई  खेल सम्पन्न भएका छन।सालबारी अर्जुनधारा र हल्दिबारी बिच भएको पहिलो खेलमा ३-२ को गोल अन्तरले अर्जुनधाराले सेमीफाइनलको यात्रा तय गरेको छ।अर्जुनधाराका तर्फबाट विशाल किस्कु,बाबू मर्डी र अर्जुन किस्कुले १/१ गोल लगाउदै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने हल्दिबारीका तर्फबाट मनोज सोरेन र सुनिल सोरेनले १/१ गोल फर्काएका थिए।


त्यस्तै आजै हात्तिमारा भद्रपुर र तुलाचन गौरिगञ्ज  बिच भएको दोस्रो खेलमा भद्रपुरले ४-२ को गोलान्तरले सेमिफाइनलको यात्रा तह गरेको छ।भद्रपुरका तर्फबाट देवु किस्कुले २ गोल,गुजराई टुडु र सुमन टुडुले १/१ गोल लगाएका थिए।गौरिगञ्जका तर्फबाट जोहन मुर्मुले २ गोल फर्काएका थिए।


प्रतियोगितामा विजेतालाई २५ हजार,उप–विजेतालाई १५ हजार नगद तथा ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने सन्थाल समाजका अध्यक्ष नरेश मुर्मुले जानकारी दिनु भएको छ ।जिल्लाका १६ टिमले सहभागीता जनाएको प्रतियोगितामा खेलाडीहरु सन्थाल समुदायकै युवा रहने उहाँले बताउनु भयो।मुर्मुका अनुसार १७ गते प्रतियोगिताको फाइनल खेल हुनेछ भने फाइनल खेलकै अबसरमा हाइस्कोरर र म्यान अफ द म्याच घोषीत १/१ जनालाई ट्रफी,मेडल र प्रमाण पत्र दिइनेछ।

सम्बन्धित खबर