झापा , माघ १२ । झापामा लागू औषधसहित फेरि तीनजना पक्राउ परेका छन् । एक जना गाँजा र दुई जना ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
हिजो साँझ ५.३० बजे अर्जुनधारा वडा नं. ९ मगर चोकमा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले मे ६ प २४३९ नं. को स्कुटीलाई चेकजाँच गर्ने क्रममा स्कुटीको डिक्कीमा रहेको १२०० ग्राम गाँजा फेला पारी स्कुटी चालक बुद्धशान्ति १ बस्ने ५३ वर्षिय लक्ष्मीप्रसाद खतिवडालाई नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
त्यस्तै ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।
हिजो दिउँसो २.३० बजे बिर्तामोड नगरपालिका वडा नं. ६ बुट्टाबारीमा ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सोही ठाउँ बस्ने २० वर्षिय सुनिल राई र वडा नं ७ बस्ने २३ वर्षिय रुपेश गुरुङलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २ ग्राम ब्राउनसुगर बरामद भएको छ । दुवैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।