Kanakai Online

राष्ट्रिय परिचयपत्र विवरण संकलनमा वडाबासीलाई सास्ती


सोमवार, माघ १२, २०७७ |

बिश्वास दाहाल, मेचीनगर । मेचीनगर नगरपालिका वडा नं–६ मा हप्तादिनदेखि राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य शुरु भइसकेको छ । मेचीनगर–६ को वडा कार्यालय भवन नजिकै रहेको टाउन हलमा विवरण संकलन भइरहेको छ ।

राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने क्रममा वडावासीहरुले धेरै सास्ती भोग्नु परेको उनीहरुको भनाई छ । कोभिड–१९ महामारीका बीच घण्टौसम्म लाइनमा बसेपनि पालो नआएर घर फर्कने, वडा कार्यालयद्धारा फारम उपलब्ध नगराउने, उक्त कामका लागी खटाइएका कर्मचारीहरुको ढिलासुस्तीका कारण वडावासीहरु निराश बनेका छन् । डिउटीमा खटाइएका कर्मचारीहरु एक अर्कामा अनावश्यक गफ गर्ने गरेको नागरिकहरु बताउँछन् । कर्मचारीहरु काममा ढिलो आउने र छिटो घर फर्कने भएकाले घण्टौैसम्म लाइनमा बसेर पनि पालो नआउँदा वडावासीहरु निराश भएर घर फर्कन बाध्य भएका छन् ।

उक्त हलमा चिनेजानेको र आफन्तलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको वडाबासीहरु बताउँछन् । राष्ट्रिय परिचयपत्रको विवरण संकलनको क्रममा वडाबासीहरुले भोग्नु परेको सास्ती निरीक्षण किन हुदैँन भन्ने वडाबासीहरु प्रश्न छ ? कोभिड–१९ खतरा नसकिएसँगै फारम भर्ने ठाउँ होस या वडा कार्यालयभित्र कतैपनि मास्कको प्रयोग कतैपनि देखिदैन ।

सम्बन्धित खबर