मदरगाछ,माघ १२।सन्थाल समाज झापा गाउँपालिका-७ को आयोजनामा जारी जिल्ला स्तरिय सन्थाल नकाउट फुटबल प्रतियोगिताको आज भएको पहिलो खेलमा तुलाचन गौरिगञ्जले जित हासिल गरेको छ।झापा गाउँपालिका-५ पन्थापाडालाई २-१ को गोल अन्तरले हराउदै गौरिगञ्ज बिजयी बनेको हो।गौरिगञ्जका तर्फबाट जेठा किस्कुले २ गोल लगाउदै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।पंन्थापाडाका तर्फबाट देबिलाल बास्केले १ गोल लगाएका थिए। त्यस्तै समूह A अन्तरगत दोस्रो खेल झापा गाउँपालिका-२ सुगाबथान र सालबारी अर्जुनधारा बिच जारी रहेको छ भने तेस्रो खेल समूह B अन्तरगत कालिमुडा कनकाई र हात्तीमारा भद्रपुर बिच हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेतालाई २५ हजार,उप–विजेतालाई १५ हजार नगद तथा ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने सन्थाल समाजका अध्यक्ष नरेश मुर्मुले जानकारी दिनु भएको छ ।जिल्लाका १६ टिमले सहभागीता जनाएको प्रतियोगितामा खेलाडीहरु सन्थाल समुदायकै युवा रहने उहाँले बताउनु भयो।मुर्मुका अनुसार १७ गते प्रतियोगिताको फाइनल खेल हुनेछ भने फाइनल खेलकै अबसरमा हाइस्कोरर र म्यान अफ द म्याच घोषीत १/१ जनालाई ट्रफी,मेडल र प्रमाण पत्र दिइनेछ।