मदरगाछ,माघ ११।झापाको झापा गाउँपालिकामा भइरहेको जिल्ला स्तरिय सन्थाल नकाउट फुटबल प्रतियोगिताको आज दोस्रो दिन भएको खेलमा तीन टिमले जित हासिल गरेका छन।पहिलो खेलमा चारपानेले ट्राइबेकरमा ५-४ को झिनो गोल अन्तरले कारमगुटु गौरिगञ्जलाई पराजित गरेको छ।
निर्धारित समयमा २-२ गोल गरेर नतिजा बराबर भएको खेलमा ट्राइबेकरबाट बिजेता टिम चुनिएको थियो।त्यस्तै दोस्रो खेलमा बिरेनमुनीले ले गरामुनिलाई २ गोल लगाउदै जित हासिल गरेको छ।बिरेनमुनीबाट जर्सी नं १४ का मंगल हेमरमले १ गोल र जर्सी नं ९ का शिव मुर्मुले १ गोल लगाउदै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।त्यस्तै तेस्रो खेल हल्दिबारी र सिंघीमारी बिच भएको थियो।जसमा हल्दिबारी बिजयी बनेको छ।हल्दिबारीले ३-१ को गोल अन्तरले सिंघीमारीलाई पराजित गरेको हो।हल्दिबारीका तर्फबाट १० नं जर्सीका मनोज सोरेनले १ गोल,जर्सी नं ६ का सुनिल मुर्मुले २ गोल र जर्सी नं ५ का गजुर हेमरमले १ गोल लगाउदै आफ्नो टिमलाई बिजेता बनाएका थिए।खेलमा सिंघीमारीका महेन्द्र हेमरमले १ गोल लगाएका थिए।
संथाल समाज झापा गाउँपालिका-७ ले आयोजना गरेको खेलको आज दोस्रो दिनका तीन खेल भएका छन।प्रतियोगितामा विजेतालाई २५ हजार,उप–विजेतालाई १५ हजार नगद तथा ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने सन्थाल समाजका अध्यक्ष नरेश मुर्मुले जानकारी दिनु भएको छ ।जिल्लाका १६ टिमले सहभागीता जनाएको प्रतियोगितामा खेलाडीहरु सन्थाल समुदायकै युवा रहने उहाँले बताउनु भयो।मुर्मुका अनुसार १७ गते प्रतियोगिताको फाइनल खेल हुनेछ भने फाइनल खेलकै अबसरमा हाइस्कोरर र म्यान अफ द म्याच घोषीत १/१ जनालाई ट्रफी,मेडल र प्रमाण पत्र दिइनेछ।