कनकाई अनलाईन
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको अखिल नेपाल स्वतन्त्र बिद्यार्थी संगठनको संयोजकमा अनुप भण्डारी सर्बसम्मत हुनुभएको छ ।
आज भएको विद्यार्थीको भेलाले नेकपा समर्थित विद्यार्थीहरुको भेलाले भण्डारीको संयोजकत्वमा ५१ सदस्यीय क्याम्पस इकाई कमिटी गठन भएको हो । कमिटीको सहसंयोजकमा बिमोचन निरौला रहनुभएको छ । कमिटीको अन्य सदस्यहरुमा डिल्लीराम लामगादे, हेमन्त दाहाल, दिक्षा नेउपाने, बन्दना शिवाकोटी, चिरन्जिवि खतिवडा, मौसम अधिकारी, शिशिर खनाल शर्मा, मनिस भेटवाल, पिन्स तामाङ्ग, सुभम उप्रेती, पुनम भट्टराई, नविना बिष्ट, रोषन अधिकारी, दिपा भट्टराई, प्रिया पुरी, मुना अधिकारी, विष्णु कोइराला, रोहिता देउराली , अस्मिता मिश्र, अशोक खड्का ज्योती बानिया लगायात रहेका छन ।
उक्त कमिटीले क्याम्पसमा सबै कक्षामा कक्षागत कमिटी गठन गर्ने संयोजक भण्डारीले बताउँनुभयो ।
कार्यक्रममा स्वागत बिमोचन निरौला, संचालन नबिन राईले गर्नुभएको थियो भने कार्यक्रममा नेकपाका केन्द्रिय प्रभावकारी नेता रबिन कोइराला, नेकपा जिल्ला सचिव मणिकुमार साम्पाङ्ग बिजय , पुर्व सांसद नारायणसिंह राजवंशी, नेकपा प्रचार विभागका केन्द्रिय नेता अशेष घिमिरे लगायातले केपी ओलीको असंबैधानिक कदमबिरुद्ध गाउँ गाउँमा सचेतना जगाउन बिद्यार्थीले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कनकाई क्याम्पसको उक्त कमिटीको प्यानल घोषणा अखिलका जिल्ला संयोजक अनिल सुबेदीले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा नेताहरु पुरुषोत्तम चुडाल, नविन इजम, नेकपा कनकाई नगर सचिव विष्णु बिमली, इन्द्र पुलामी मगर, प्रतिक राजवंशी विद्यार्थी नेताहरु दुर्गा धमला, रोषन सुवेदी, भक्त बिक, उत्सव वास्तोला,नविन सिटौला लगायातको आतिथ्यता रहेको थियो ।