भद्रपुर-कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति


सुरुङ्गा, ७ माघ :झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कपास उद्योगमा कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुङ्गाका कारण मेसिनमा खराबी आएर अचानक आगलागी भएको हो ।

आगलागीबाट कपास पेल्ने मेसिन एक थान र ५७ बोरा तयारी कपास पूर्णरूपमा जलेर नष्ट भएको छ । स्थानीयवासी, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।


सम्बन्धित शीर्षकहरु

मदरगाछ,फागुन १८।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जारी अध्यक्ष कप फुटबल प्रतियोगीतामा आज मंगलबार फाइनल खेल सम्पन्न हुने…

कनकाई अनलाईनमेचीको व्यापारिक केन्द्रविन्दु बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित हुनुभएको छ । सोमबार राति ९ बजे सम्पन्न…

कनकाई अनलाईनझापा, फागुन १७ गते ।अर्जुनधारा नगरपालिकाले तीन वर्षको अवधिमा साना ठूला गरी १०५ वटा पुल र कल्भर्ट निर्माण गरेको…

प्रतिकृयाहरू