कनकाई अनलाईन
झापाको सुरुङ्गामा संचालित न्युरो अस्पताल दोस्रो बर्षमा प्रवेश गरेको छ ।
फार्मेसी दोस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा फार्मेसी र लियो क्लव अफ कनकाई सुरुङ्गाको सयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम राखिएको थियो । रक्तदानमा ६२ पिन्ट रगत संकलन भएको फार्मेसीका संचालक सरोज ठाकुरले बताउँनुभयो ।
लियो क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रविन गुप्ताको सभापतित्वमा भएको रक्तदानमा प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख पोखरेले युवाको जोश र जागर मात्रैले समाज रुपान्तरणमा भुमिका खेल्ने बताउँनुभयो । रगतको संकटका बेला युवा समुहले गरेको रक्तदानले मुलुकमा धेरै ठुलो योगदान पुर्याउने नगरप्रमुख पोखरेलले बताउँनुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक उदय संम्सेर जबरा, जेसिजका पूर्व अध्यक्ष शिव कडेँल, लायन्स क्लव सुरुङ्गाका अध्यक्ष मनोज बस्नेत सूर्योदय युवा क्लवका अध्यक्ष रोहित कोइराला लगायातले शुभकामना राख्नुभएको थियो । कार्यक्रममा स्वागत साजन आचार्य र संचालन अनुप भण्डारीले गर्नुभएको थियो ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति