झापामा टिपरले लियो ज्यान


कनकाई अनलाईन
बिर्तामोड, माघ ७ गते । झापामा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ भने एकजना घाईते बनेका छन ।
मेचीनगर नगरपालिका १३ स्थित चन्द्रगढी चारआली सडक खण्डमा मंगलवार बिहान साढे ५ बजे दक्षिणबाट उत्तरतर्फ आउदै गरेको मे १ ख २५१५ नम्बरको टिपरले पैदल यात्रीलाई ठक्कर दिदा स्थानीय १८ बर्षिय अन्सु शिवाकोटीको मृत्यु भएको छ भने अर्का राहुल बस्नेत घाईते बनेका छन । उपचारका क्रममा शिवाकोटीको बुधबार विर्तामोडस्थित विएण्डसी अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताउँनुभयो । घाइते बस्नेतको विएण्डसीमा उपचारभैइरहेको छ । ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सम्बन्धित शीर्षकहरु

मदरगाछ,फागुन १८।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जारी अध्यक्ष कप फुटबल प्रतियोगीतामा आज मंगलबार फाइनल खेल सम्पन्न हुने…

कनकाई अनलाईनमेचीको व्यापारिक केन्द्रविन्दु बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित हुनुभएको छ । सोमबार राति ९ बजे सम्पन्न…

कनकाई अनलाईनझापा, फागुन १७ गते ।अर्जुनधारा नगरपालिकाले तीन वर्षको अवधिमा साना ठूला गरी १०५ वटा पुल र कल्भर्ट निर्माण गरेको…

प्रतिकृयाहरू