Kanakai Online

सशस्त्र प्रहरीको चिनो-अपाङ्ग बालबालिकालाई खाद्यान्न र न्यानो ब्लाङकेट


बुधवार, माघ ७, २०७७ |

अर्जुनधारा,माघ ७।झापाको अर्जुनधारा नगरपालिका-६ स्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र कप्तानबारीमा रहेका १० जना अपाङ्ग बाल-बालिकाले एक महिना सम्म पुग्ने खाद्यान्न पाएका छन।२० औँ सशस्त्र प्रहरी दिवसको सप्ताहव्यापी कार्यक्रमको अवसर पारेर नम्बर दुई गण हेडक्वाटर झापा र बेस शनिश्चरेले संयुक्तरुपमा बुधबार एक कार्यक्रमको आयोजना गरि बाल-बालिकालाई एक महिना सम्म पुग्ने दाल,चामल,मुरही र साबुन प्रदान गरेका हुन।

कार्यक्रममा बाल-बालिकालाई नेपाल रेडक्रस सोसाईटीको समन्वयमा १० थान न्यानो ब्लाङ्केट समेत वितरण गरिएको छ।कार्यक्रममा केन्द्रका बाल-बालिकालाई हेडक्वाटर झापाका गणपती सशस्त्र प्रहरी उपरिक्षक रमेशकुमार पाण्डेले खद्यान र ब्लाङ्केट वितरण गर्नुभएको थियो।

पाण्डेले उपहार सानो भए पनि सशस्त्र प्रहरीको समाज प्रतीको उत्तरदायित्व अम्बल रहने बताउनु भयो।उहाँले सशस्त्र प्रहरी देश र जनताको सेवामा सदैव तयार रहने बताउनु भयो।

कार्यक्रममा जनप्रतिनिधि,विभिन्न संघ संस्थाका प्रतिनिधि,स्थानिय लगायतको सहभागीता रहेको थियो।

सम्बन्धित खबर