५० ग्राम ब्राउनसुगर सहित २ जना नियन्त्रणमा


कनकाई अनलाईन
झापा मेचीनगर नगरपालिका ६ बाट सशस्त्र प्रहरीले चेक गर्ने क्रममा ५० ग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।
सोमवार बेलुकी ६ बजेको समयमा मेचिनगर नगरपालिका वडा नं. ६ मेची डाडा स्थितमा रहेको शसस्त्र प्रहरी बल बिओपि काकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीको टोलीलले बिषेश सुराकीको आधारमा सुनसरी धरान उपनगरपालिका १७ बस्ने २४ बर्षिय ईश्वर थापा र पांचथर हिलिहाङ गाउपालिका २ का २८ बर्षिय अरुण सुब्बा लिम्बुलाई चेकजांज गर्ने क्रममा थापाको साथबाट ब्राउन सुगर ५० ग्राम फेला पारेको हो । बरामद ब्राउन सुगर सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय काकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रनाउ राकेश थापाले बताउँनुभयो । बुझाएको लागुऔषध सहित प्रक्राउ गरिएका दुबैलाई जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिई थप कानुनी प्रकृया अगाडी बढाईएको समेत थापाले बताउँनुभयो ।
यता सोमवारनै दिउसो ५ बजेको समयमा दमक नगरपालिका ३ बेलडाँगीमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा बस्ने २० बर्षिय समिर तामाङ्ग र २२ बर्षिय नविन लिम्बुको साथबाट १ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर ५ थान मोबाइल सेट फेला पारि हाल इलाका प्रहरी कार्यालय दमकमा राखि आवश्यक कार्वाही सुरु गरिएको प्रहरी प्रवक्ता थापाले बताउँनुभयो ।


सम्बन्धित शीर्षकहरु

मदरगाछ,फागुन १८।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जारी अध्यक्ष कप फुटबल प्रतियोगीतामा आज मंगलबार फाइनल खेल सम्पन्न हुने…

कनकाई अनलाईनमेचीको व्यापारिक केन्द्रविन्दु बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित हुनुभएको छ । सोमबार राति ९ बजे सम्पन्न…

कनकाई अनलाईनझापा, फागुन १७ गते ।अर्जुनधारा नगरपालिकाले तीन वर्षको अवधिमा साना ठूला गरी १०५ वटा पुल र कल्भर्ट निर्माण गरेको…

प्रतिकृयाहरू