Kanakai Online

झापाका ३ प्रदेशसभा सदस्य ओलीतीर


सोमवार, माघ ५, २०७७ |

कनकाई अनलाईन


प्रदेश सरकार शेरधन राई बिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने झापाका ३ सांसदले पुन शेरधन राईलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ ।
झापाकी प्रदेशसभामा समानुपातिक सांसद तथा सामाजिक विकास राज्यमन्त्री समेत रहनुभएकी जसमाया गजमेर झापा १ का प्रदेशसभा सदस्यद्धय श्रीप्रसाद मैनाली र गोपालचन्द्र बुडाथोकीले प्रदेश सरकार प्रमुख शेरधन राईको विरुद्धमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुभएको थियो । अघि प्रचण्ड नेपाल पक्षमा रहेका प्रदेश सांसदहरुमध्ये राज्यमन्त्री गजमेरले सो पदबाट समेत राजीनामा दिनुभएको थियो । भने प्रदेश सांसद बुडाथोकीले केपी शर्मा ओलीको नेकपा पार्टीको केन्द्रिय सदस्यको पद समेत अस्वीकार गर्नुभएको थियो । उहाँहरु तीनै जनाले प्रदेश सांसद सचिवालयलाई साझा पत्र लेख्दै यसअघि अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिएको जनाउनुभएको छ । हामी नेकपा भएर नेकपाकै सरकारको बिरुद्धमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न सक्दैनौ आजैका मितिबाट यो निर्णय फिर्ता लिने निर्णय गछौ सांसद सचिवालयमा लेखिएको पत्रमा भनिएको छ ।
झापाका तीन प्रदेश सांसदले मुख्यमन्त्री शेरधन राईलाई समर्थन गरेसगै प्रदेश एकको राजनैतिक समिकरण रोचक मोडमा पुगेको राजनैतिक विश्लेषकले जनाएका छन ।

मेचीनगरका स्थानीय सांसद मैनाली र बुढाथोकी क्रमशःझापा क्षेत्र न १ (क) र (ख) बाट निर्वाचित सांसद हुन भने बिर्तामोड निवासी गजमेर समानुपातिक सांसद हुनुहुन्छ ।

सम्बन्धित खबर