लीलाराज झापाली
झापा कनकाई नगरपालिका ३ नयाँ बस्तीवाशीको एकताले अहिले ५० लाख वढीको गाउँमा काम भएको छ त्यो पनि ५ बर्ष भित्रमा ।
४ बर्ष पहिलासम्म यस क्षेत्रका स्थानीय केहि महिला र भक्तिभावमा विश्वास गर्नेहरुको समुहले पाथिभरा किर्तन मण्डलीका नामबाट हरेक साँझ भजन किर्तन गर्ने गरेको थियो । त्यो पनि आफ्ना सदस्यहरुको घरमा करिव दुई तीन महिनामा एकचोटी सदस्यको घरमा पालो आउथ्यो बेलुकी केहि छिन भजन किर्तनपछि घरधनीपनि भक्तिभावमा डुब्ने र किर्तन मण्डलीलाई केहि चामल र भेटी सहयोग गर्ने गरेका थिए । गाउँमा भजन किर्तनको माहौल बन्यो धेरै गाउँलेलाई भजन लेखक र गायक बनायो । अहिलेपनि केहि भजनगायकहरुको भजन र भिडियो युटुभमा हेर्न सकिन्छ ।
उद्धेश्य के लिनु उडिछुनु चन्द्र एक भनेझै नयाँ बस्तीवाशीहरु यतिमै सिमित हुनेवाला थिएनन । भजन किर्तनका माध्यमबाट गाउँमा सचेतना मात्रै फैलाएनन एकतानै बल भनेझै विकासका मुल समेत फुटाउने माध्यम बन्यो पाथिभरा किर्तन मण्डली । जब भजन किर्तन बाजा भाडा बर्तन राख्नका लागि ठाउँको खोजी हुनथाल्यो यतिक्कैमा मनकारी
किर्तन मण्डलीका सदस्य तीर्थ सुवेदीले किर्तन मण्डलीले आटे आफुले १५ लाख मुल्य पर्ने ५ धुर जमिन निशुल्क दिने घोषणा गर्नुभयो अनि त्यहिबाट सुरु भयो किर्तन मण्डलीको विकास यात्रा । गाउँलेले किर्तन मण्डलीको साथमा पाथिभरा परोपकार संस्था स्थापना गरे संस्थाका अध्यक्ष यदुका उप्रेती रहनुभयो भने उपाध्यक्ष निलकृष्ण सेढाई र सचिव दिनानाथ खतिवडा ।
परोपकार संस्थाले सुवेदीले दिएको जमिनमा शिव पांचायन मन्दिर र अनाथलय सहितको सामुदायिक भवन बनाउने उद्घोष गर्नसाथ पहिले आफ्नै गाउँलेबाट सहयोगको होडबाजी चल्न थाल्यो । मन्दिरमा लाग्ने इटा स्थानीय राजन पाठकले दिनुभयो । तुलसी बिमलीले नगद एक लाख सहयोग गर्नुभयो । एलपी उप्रेतीले १ लाख, हुमगाई परिवारबाट १ लाख २५ हजार , सीता कार्की न्यौपानेबाट ५१ ह्जार, पदम खतिवडा सिक्कीमबाट ५१ ह्जार , निर्माण व्यावसायी शेरबहादुर थापाबाट ५१ ह्जार , पूर्वसांसद एलपी साँबा लिम्बुबाट ५१ ह्जार नगद र २० बोरा सिमेन्ट सहयोग, झापाली सैलुनबाट ५५ हजार लगायातको सहयोग भएको पाथिभरा परोपकार संस्थाका सचिव दिनानाथ खतिवडाले बताउँनुभयो ।
संस्थाले थप ५ धुर जमिन समेत खरिद गरेर यस स्थानमा सुन्दर शिव पांचायनको मन्दिर स्थापना गरिसकेको छ भने अग्रवाल समाज सुरुङ्गाद्धारा मन्दिर अगाडि हनुमानको मन्दिर समेत स्थापना गरिदिएको छ ।
मन्दिर निर्माण समितिका संयोजक रमेश हुमागाईँका अनुसार मन्दिर अवको केहि दिनभित्रै उद्घाटन र प्राण प्रतिष्ठा हुने छ ।
सामान्य भजन किर्तनबाट सुरु भएको यस गाउँलेको अभियान देशमै उदाहणीय बनेको छ । हाल परोपकार संस्थाले अन्य परोपकारी कामहरुका लागि समेत मुष्ठिदानद्धारा अक्षयकोषको सुरुवात गरेको सदस्य लक्ष्मी अधिकारीले बताउँनुभयो ।
मन्दिरको रङ्गरोगन गरि चिट्टिक्क बनाएको यस नयाँबस्तीवाशीको एकतालाई मनपराएर सहयोग गर्नेक्रम वढिरहेको छ । परोपकार संस्थाका सचिव खतिवडा भन्नुहुन्छ सहयोगी दाताको साथ पाए देशकै नमुना काम गर्ने छौ । हाल संस्थामा स्थानीय १ सय ५० घरधुरी सदस्य रहनुभएको छ । देश विदेशका सम्पुर्ण मनकारीको सहयोग संस्थामा रहेको छ ।