Kanakai Online

झापाका प्रहरी प्रमुख कोइरालालाई कनकाई नगरपालिकाको विदाई


आइतवार, माघ ४, २०७७ |

कनकाई अनलाईन
दुर्गापुर । बिगत एक बर्षदेखि झापा जिल्लाको प्रहरी प्रमुखका रुपमा रहनुभएका झापाका प्रहरी प्रमुख एपसी कृष्णप्रसाद कोइरालालाई कनकनाई नगरपालिकाको तर्फबाट विदाई गरिएको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रहरी प्रमुख कोइरालालाई विदाई गर्दै प्रहरी प्रमुख कोइरालाले झापको अपराध नियन्त्रण, दुर्घटना न्यनिकरणमा अतुलनीय योगदान गरेको भन्दै नगरप्रमुख र झापावाशीको तर्फबाट प्रहरी प्रमुखलाई विदाई गर्दै थप सफलताको शुभकामना दिनुभयो ।


कार्यक्रममा बोल्दै कनकाई नगरपालिका ४ का बार्डअध्यक्ष तथा कनकाई नगरपालिकाका प्रवक्ता समेत रहनुभएका गोविन्द प्रसाद पौड्याल , कनकाई १ का वार्डअध्यक्ष रोषनराज पोखरेल, २ का वार्डअध्यक्ष परशुराम गिरी , ७ का वार्डअध्यक्ष लीलाबहादुर कन्दङवा, ८ का वार्डअध्यक्ष लीलाबहादुर कटुवाल , ९ का वार्डअध्यक्ष प्रेमबहादुर राजवंशी , प्रवासी झापाली समाजका संरक्षक दिनेश पोखरेल, पोखरेल समाजका अध्यक्ष निर्माणकुमार पोखरेल लगायातले प्रहरी प्रमुख कोइरालाले झापाको समग्र शान्ति सुरक्षामा पुर्याउनुभएको योगदानको वारेमा प्रकाश पार्नुभयो । कार्यक्रममा प्रहरी प्रमुख कोइरालाले दोस्रो पटक झापावाशीको सुरक्षाको जिम्मेवारी पाएको बताउँदै यस अवधिमा आफुलाई तीनै तहको सरकार र स्थानीयवाशीको सक्दो सहयोगकै कारण आफु र प्रहरी संगठनले कोरोना महामारीका विचपनि अपराध नियन्त्रणका लागि काम गर्न सकेको बताउँनुभयो ।
सोहि अवशरमा कनकाई नगरपालिकाका तर्फबाट प्रहरी प्रमुखलाई मायोको चिनो, खादा र टोपी लगाएर विदाई गरिएको थियो । कार्यक्रमको संचालन पत्रकार लीलाराज झापालीले गर्नुभएको थियो ।

सम्बन्धित खबर