Kanakai Online

शरणामतीमा राष्ट्रिय योग दिवस भव्यरुपमा मनाइयो।


बिहिवार, माघ १, २०७७ |

शरणामती,माघ १।“गरौं योग डटेर,कोभिड जान्छ हटेर” भन्ने मुल नाराका साथ शरणामतीमा राष्ट्रिय योग दिवस बिहिबार भव्यरुपमा मनाइएको छ।शरणामती आयुर्वेद औषधालय झापा गाउँपालिका-६ शरणामतीको आयोजना र पतञ्जली योग समिती झापा गाउँपालिकाको सह-आयोजनामा यहाँ स्थित कनकाई बजारमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो।


झापा गाउँपालिका-६ का वडाध्यक्ष हरिबहादुर बानीयाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा गाउँपालिका-७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो भने विभिन्न संघ संस्थाका प्रतिनिधि,समाजसेवी,स्थानिय,पत्रकार लगायतको उपस्थिती रहेको थियो।


शंकरप्रसाद पाण्डेले स्वागत मन्त्यब राखेर सुरु भएको कार्यक्रममा विभिन्न संघ संस्थाका तर्फबाट केशब बजगाई,शिक्षा प्रतिनिधि गणेश सुवेदी,योग आयुर्बेद प्रतिनिधि बिक्रम कार्की,सामाजिक व्याक्तीत्व रुद्र बजगाईं र महिला प्रतिनिधि अन्जु थपलियाले शुभकामन मन्तब्य राख्नुभएको थियो।वक्ताहरुले योगको बारेमा झापा गाउँपालिकामा भएको उपलब्धी को प्रशंसा गर्दै आगामी दिनमा अझ यसलाई परिस्कृत गरेर लैजान शुभकामना दिनु भएको थियो।


कार्यक्रममा प्रमुख अतिथी उप्रेतीले झापा गाउँपालिकामा प्रत्येक वडामा योग शिवीर सन्चालन गर्न समिती सफल भएकोमा बधाई दिदै पतञ्जली योग समिती झापा गाउँपालिकालाई एक भवनको आव्यश्यकता रहेको भन्दै भवनका लागि आफुले सक्दो पहल गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो।उहाँले मानव स्वास्थ्यका लागि योगको धेरै महत्व रहेकाले सबैलाई योग गरेर शारिर तन्दुरुस्ती कायम राख्न समेत आग्रह गर्नुभयो।


मोहन मिश्रले संचालन गरेको कार्यक्रममा योग गुरुहरु गणेश भण्डारी,चन्द्रबहादुर कार्की,पुस्पा उप्रेती,कमला सिटौला,दुर्गा पाण्डे,सीता सिटौलालाई सम्मान समेत गरिएको थियो।कार्यक्रममा नाचगाना समेत प्रस्तुत गरिएको थियो।

सम्बन्धित खबर