कनकाई अनलाईन
बिर्तामोड । नेपाल सरकारका उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले नेकपाको एकता अझै संम्भव भएको बताउँनुभएको छ ।
झापाको बिर्तामोडमा बुधवार आयोजित अगुवा कार्यकर्ताको भेलालाई सम्मोधन गर्दै नेकपा नेता पोखरेलले दुई सर्त पुरा भए नेकपाको एकता कायमै राख्न् सकिने बताउँनुभयो उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लगाइएको आरोपपत्र अर्का अध्यक्ष प्रचण्डले फिर्ता लिनुपर्ने र सरकारले तोकेको निर्वाचनलाई स्वीकार गरेमा नेकपा एकता कायम रहन सक्ने बताउनुभएकको छ । नेकपा पोखरेलले नेकपा कानुनत विभाजित नभए पनि सारमा विभाजन भइसकेको बताउनुभएको छ । पोखरेलले पार्टी विभाजनमा प्रचण्डभन्दा धेरै दोष माधव नेपालको रहेको समेत आरोप लगाउनुभएको छ । नेता पोखरेलले प्रचण्ड पनि विगत देखि नै ठिक नभएको टिप्पणी गर्नुभएको छ ।
पोखरेलले एकताको लागि दुवै पार्टी तयार हुँदै गर्दा एउटै चिन्हमा चुनाव लड्ने सहमति भइसके पछि पनि प्रचण्डले बदमासी गरेको स्मरण बताउनुभयो । पोखरेलले भन्नुभयो ‘एउटै चुनाव चिन्हमा चुनावमा जाने सहमति भयो, पछि प्रचण्डले नै आआफ्नै चिन्हमा निर्वाचनमा जाने भनेदेखि उहाँले पार्टीमा समस्या शुरु गर्नुभएको हो ।’ माओवादी पार्टीमा ३३ वर्ष अध्यक्ष भएका प्रचण्डले एकतापछि पनि कम्युनिष्ट आन्दोलनलाई नै सिध्याउने खेल खेलेको आरोप पोखरेलले लगाउँनुभयो ।
भेलालाई सम्बोधनका क्रममा पोखरेलले केपी ओलीने नेतृत्व गरेको पार्टी नै आधिकारिक हुने र आधिकारीक पार्टीले नै सुर्य चिन्ह समेत पाउने बताउदै कार्यकर्तालाई यस वारेमा धेरै चिन्ता नलिन समेत आग्रह गर्नुभयो । आधिकारिक पार्टीले नै सुर्य चिन्ह पाउने बताए ।
प्रचण्ड, नेपाल समुहले बैठकमा ठुला– साना कुर्सीमा बसेका विषयमा चित्त दुखाएर पार्टी फुटाएको नेता पोखरेलको आरोप लगाउनुभयो । पार्टी एकतापछि धेरै समय मैले केहि पाइन, मेरो मान्छेले यो पाएन, त्यो पाएन लगायतका मुद्दा झिकेर जग हँसाएको पोखरेलको भनाई थियो ।
निर्वाचन आयोगले निर्वाचनको तयारी शुरु गरिसकेको अवस्थामा प्रचण्ड–नेपालले जनतासँग डराएर चुनाव रोक्न दवाव दिएको नेता पोखरेल बताउनुभयो । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य मणि थापा नेकपा नेता मनकुमार गौतम लगायतले सम्बोधन गर्नुभयो ।