कनकाई अनलाईन
केन्द्रमा नेकपाका नेताहरुको पानी बारावारको स्थिति भएपनि त्यसको असर भने गाउँको निर्वाचनमा परेको छैन ।
हिजो सम्पन्न प्रजापति सामुदायिक वनको निर्वाचनमा नेकपाका उम्मेद्धार बिजयी बनेका हुन ।
नेकपाका उम्मेद्धार सुशिल पोखरेल ५६६ मत ल्याएर बिजयी बनेका छन । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अध्यक्ष सुर्य थापा ४४० मत ल्याएर पराजित हुनुभयो । पोखरेलले थापालाई १२६ मतले पराजित गर्नुभयो । थापा हालका अध्यक्ष समेत रहनुभएको छ ।
यसैगरि उपाध्यक्षमा नेकपाकै दलबहादुर विक ४८९ मत ल्याएर बिजयी हुनुभयो उहाँका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कैलास नेपालीले ४५४ मत ल्याउनुभयो । विकले नेपालीलाई ३५ मत अन्तरले पराजित गर्नुभयो । यसैगरि सचिवमा समेत नेकपाकै गोमा अधिकारी ५०० मत ल्याएर बिजयी हुनुभयो । उहाँका प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी मेनुका श्रेष्ठ भुजेलले ४४९ मत ल्याउनुभयो । अधिकारीले श्रेष्ठलाई ५१ म्तले पराजित गर्नुभयो ।
यसैगरि सहसचिवमा नेपाली कांग्रेसकी मैया श्रेष्ठ ४५९ मतले बिजयी हुनुभयो । श्रेष्ठले नेकपाका उम्मेद्धार दिपेश रिमाललाई हराउनुभयो । रिमालले ४३४ मत ल्याउनुभयो । श्रेष्ठले रिमाललाई २५ मतले हराउनुभएको हो । कोषाध्यषमा समेत नेकपाकी दिलुमाया बिके ४९२ मत ल्याएर बिजयी हुनुभयो । कोषाध्यक्षमा कांग्रेसकी कल्पना शंकर विकले ४४५ मत ल्याउनुभयो । कोषाध्यक्षमा नेकपाकी उम्मेद्धार विकेले ४७ मतले पराजित गर्नुभएको कनकाई १ का वार्डअध्यक्ष समेत रहनुभएका रोषन पोखरेलले बताउँनुभयो । ।