Kanakai Online

धुलावारीमा नेता बस्नेतको गर्जन, ओलीको बिरोध भए प्रतिकार


सोमवार, पौष २७, २०७७ |

कनकाई अनलाईन
नेकपा केप ीओली समुहका युवा नेता महेश बस्नेतले सुर्य चिन्हमा ओली पक्षको नैर्सगित अधिकार रहेको भन्दै सुर्य चिन्ह प्राप्तिका लागि जस्तोसुक्कै वलिदान दिन पनि तयार रहेको बताउँनुभएको छ ।
सोमवार झापाको धुलावारीमा आयोजित ओली पक्षिय नेकपाको युवा भेलालाई सम्मोधन गर्दै युवा नेता बस्नेतले केपि ओली जनताको बहुदलीय जनवाद र मदन भण्डारीको असली हकदार भएको भन्दै ओली राष्ट्रिय एकताको नेता भएको बताउँनुभयो । नेता बस्नेतले निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै नेकपाका केन्द्रिय नेता समेत रहनुभएका बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको एजेन्डा बोकेर निर्वाचनमा लाग्न समेत आव्हान गर्नुभयो । नेता बस्नेतले अन्य दलहरु आन्दोलनमा जुटेको भन्दै सडक सङ्घर्ष गरिरहेको भएपनि उनीहरु भित्री रुपमा निर्वाचनमा जुटिसकेको हुदा आफ्ना पक्षिय नेता कार्यकर्तालाई निर्वाचनमा जुट्न आग्रह गर्नुभएको हो । आफ्नै पार्टीका पुर्व अध्यक्षहरु माधवकुमार नेपाल र झलनाथ खनालले कम्युनिष्ट आन्दोलनको इतिहास बिर्सिएको आरोप लगाउदै एमालेको चुनाव चिन्ह सूर्यमा अर्का अध्यक्ष प्रचण्डले कुदृष्टि अगाइरहेको आरोप लगाउँनुभयो ।

मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सुशासन, भ्रष्टाचारमुक्त, विकास निर्माणका लागेका प्रधानमन्त्री ओली मुलुकका राजनेता भएको बताउँदै बस्नेतले
अहिले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने खेलमा प्रचण्ड र नेपाल समूह लागि परेको समेत बस्नेतले बताउँनुभयो । ‘लोकतन्त्र पद्धतिविपरीत सरकारविरुद्ध आन्दोलनको नाममा सीमा नाघ्ने काम गरे, कालोझण्डा देखाउने, निषेध तथा अवरोध गर्ने हर्कत बढ्दै गएमा युवा संघले प्रतिकार गर्ने समेत बस्नेतले चेतावनी दिनुभयो ।

‘जनताको चाहनाबमोजिम राष्ट्र निर्माण र एकताको पक्षमा प्रधानमन्त्री ओली रहेकोले उनको साथमा आफूहरू रहेको समेत बस्नेतले बताउँनुभयो ।

फोटो ः युवा संघको जिल्ला भेलामा झापा धुलावारीमा सहभागि बस्नेत लगायात नेता

सम्बन्धित खबर