Kanakai Online

झापामा तोकियो १२२ बर्षको कैद सजाय


सोमवार, पौष २७, २०७७ |

लीलाराज झापाली

जिल्ला प्रहरी झापाले एक बर्ष भित्र ९९ जना व्यक्तिलाई पक्राउ गरि १ सय २२ बर्ष १ महिना २३ दिनको कैद सजाय तोक्न सफल भएको छ ।
प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला प्रहरी झापाले गत २०७६ साल पुस ९ गतेदेखि २०७७ साल पुस २५ गतेसम्ममा उक्त कैद सजाय भएको र यसबाट १ करोड ७८ लाख ३७ हजार ८ सय १५ रुपैँया जरिमाना संकलन गरिएको जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले आफ्नो कार्यकालभर जिल्लामा गरिएको प्रगतिवारे पत्रकार सम्मेलन गरि जानकारी गराउँनुभएको हो ।
प्रहरी प्रमुख कोइरालाले यस अवधिमा यौनजन्य अपराधमा १४६ मुद्धा दर्ता भएकोमा १२६ मुद्धा फस्यौट भएको र १३५ जना प्रक्राउ गरिएको बताउँनुभएको छ । हाल २२ जना प्रतिवादी फरार रहेका छन । यसैगरि कतव्य ज्यानतर्फ १९ वटा मुद्धा दर्ता भएकोमा १५ वटा फस्यौट भई १९ जना मानिस पक्राउ गरिसकेको कोइरालाले जानकारी दिनुभयो । घरेलु हिंसाका १८० उजुरी प्राप्त भएकोमा १४९ घटना सहमति गरिएको समेत जानकारी दिनुभयो ।
झापाको मुख्य समस्याको रुपमा रहेको लागु औषमा समेत १३२ वटा मुद्धा दर्ता भएको, यसमा संग्लन ११ जना महिला र २३६ जना पुरुषलाई प्रहरीले प्रक्राउ गरि उनीहरुको साथबाट ब्राउन सुगर १५१२ ग्राम, २१ केजी गाजा लगायात बरामद गरिएको जनाएको छ । यस अवधिमा झापामा ६५२ जना मानिसहरु हराएकोमा ४२५ जनालाई फेला पारिएको समेत जानकारी दिनुभयो ।
प्रहरी उपरिक्षक कोइराला सरुवा भएर महानगरिय अपराध महासाखा काठमाण्डौ जानलाग्नु भएको हो ।

फोटो ः पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक कोइराला

सम्बन्धित खबर