Kanakai Online

पृथ्वी जयन्तीका अवसरमा कचनकवल र हल्दिवारीमा सार्वजनिक विदा


शनिवार, पौष २५, २०७७ |

विर्तामाेड,पौष २५ । पृथ्वी जयन्तीका अवसरमा झापाका दुईवटा स्थानीय तहले सार्वजनिक विदा दिने भएका छन् ।

पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा हल्दिवारी गाउँपालिका र कचनकवल गाउँपालिकाले सार्वजनिक विदा दिने भएका हुन् ।

पुस २३ गते बसेकाे कार्यपालिका बैठकले स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेकाे हल्लिवारी गाउँपालिका प्रमुख रविन्द्र लिङ्देनले बताए । गाउँपालिकाले माघे संक्रान्तिका अवसरमा पनि सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।

उता कचनकवल गाउँपालिकाले पनि पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन सार्वजनिक विदा दिएकाे गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए ।

कचनकवल र हल्दिवारी दुवै राप्रपाले जितेका क्षेत्र हुन् ।खबरमन्च बाट

सम्बन्धित खबर