Kanakai Online

शिवपान्चायानमा भेटवाल


शनिवार, पौष २५, २०७७ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गास्थित नमुनाटोल शिवपाञ्चायन तथा सामुदायिक भवनको अध्यक्षमा लक्ष्मी प्रसाद भेट्वाल अध्यक्षमा सर्बसम्मत चयन हुनुभएको छ ।
भवनको तेस्रो कार्यकालको समितिमा भेट्वालको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा इन्दिरा वाग्ले, सचिवमा सपना वस्नेत, सहसचिवमा चम्फा थपलिया र कोषाध्यक्षमा पर्शुराम कार्की रहनुभएको छ ।
समितिको सदस्यहरुमा चन्द्रकला बस्नेत, नैनासिंह बिस्ट, नारायण प्रसाई, टिकाराम वाग्ले,घनश्याम दाहाल, कुसुम ठटाल, नरमाया मगर, नरबहादुर विस्ट र मनोनित सदस्यमा मनिस रिजाल रहनुभएको छ ।

सम्बन्धित खबर