कनकाई अनलाईन
नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर युनियन कनकाईको अध्यक्षमा धनबहादुर बोगटी सर्बसम्मत हुनुभएको छ ।
युनियनको शुक्रवार सुरुङ्गामा भएको दोस्रो साधरणसभाबाट बोगटीको नेतृत्वमा ११ सदस्यीय युनियान गठन भएको हो । बोगटी यसअघि युनियनको उपाध्यक्ष रहनुभएको थियो । उहाँ लामो समयदेखि चाइनिज दुतावास लगायातमा टेक्निशियन विषयमा काम गरेको अनुभव छ ।
बोगटी मजदुरको हक हितमा काम गर्ने राम्रो छवि भएका लोकप्रिय मजदुर नेता रहनुभएको छ ।
शुक्रवार भएको अधिवेशनले यसैगरि उपाध्यक्षमा मोहम्मत इजराहिल मिया, सचिवमा डम्बर बस्नेत, सहसचिवमा सुबास गजमेर, कोषाध्यक्षमा कमल मिया रहनुभएको छ । यसैगरि सदस्यहरुमा कुमार गिरी, सुनिल मुर्मु, गुरुभक्त दाहाल, कल्पना नेपाल, ठाकुरनाथ पाठक र शंकर मिश्र (निलकण्ठ) रहनुभएको छ ।
अधिवेशन युनियनको अध्यक्ष मनकुमार न्यौपानेको सभापतित्व तथा संस्थापक अध्यक्ष डिल्ली बाह्रकोटीको प्रमुख आतिथ्यतामा भएको थियो ।
युनियानमा हजार मजदुर सदस्य रहेका छन । युनियानमा आवद्ध सदस्यहरुका लागि विमा लगायातको सुविधा रहेको छ ।