Kanakai Online

झापा गाउँपालिकामा हात्तीपाईले रोगको परिक्षण गरिने।


बिहिवार, पौष २३, २०७७ |

झापा बजारका आसपासका क्षेत्रमा(थाना टोल,नरिवल टोल र वडा १/२ परिसर)बिहान १० बजे बाट ३०० जनाको रगत संकलन गरि परिक्षण गरिने)

कामाटोली,पौष २३।झापा गाउँपालिकामा पछिल्लो समय हात्तीपाइले रोगको संक्रमण भएको क्षेत्रमा पुन: उक्त रोगको परिक्षण गरिने भएको छ।किटजन्य रोग अनुसन्धान तालीम केन्द्र हेटौडा मकवानपुरले गाउँपालिकामा बिहिबार एक कार्यक्रमको आयोजना गरि उक्त जानकारी दिएको हो।


तालिम केन्द्रका निर्देशक कुमार पोखरेलले हात्तीपाइले रोग लामखुट्टेको कारणले सर्ने हुनाले अहिले सम्म पनि झापाका दुई क्षेत्र दमक र झापा गाउँपालिका यस रोगको उच्च जोखिममा रहेको बताउनु भयो।उहाँले बर्सेनि सरकारले हात्तीपाईले रोग रोकथामको औषधि खुवाइरहेकोले पुन: यस रोगको सर्वे गरिने जानकारी दिनुभयो।पोखरेलले अहिले झापा गाउँपालिकाको संक्रमणको उच्च जोखिमा रहेको झापा बजार आसपासका ३०० जनामा यो रोगको स्रबेक्षण गरिने बताउनु भयो।


जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले नेपाल सरकारले हात्तीपाईले रोग निवारणको औषधि ९ वर्ष देखि निरन्तर खुवाइरहेको जानकारी दिदै यो रोगको निवारण सन २०२० मा निवारण गरिने लक्ष्य लिए पनि सम्भव नभएको बताउनु भयो।चौलागाईंले अब हात्तीपाईले रोगको पुर्ण निवारणको लक्ष्य सन २०३० मा रहेको बताउनु भयो।उहाँले हात्तिपाईले रोग झापा गाउँपालिकामा छ छैन भने यहाँको संक्रमणको उच्च जोखिममा रहेको झापा बजार(कुमरखोद) क्षेत्रका ३०० जना स्थानियको रगत संकलन गरि सर्बे गरिने जानकारी दिनुभयो।संसारका ७१ देशमा हात्तिपाइलेको संक्रमण रहेको उल्लेख गर्दै २१ देशले अहिले निरन्तर औषधि सेवन गरिरहेको चौलागाईंले जानकारी दिनुभयो।नेपालमा अहिले यस रोगको जोखिममा ६३ जिल्ला रहेका छन,२.५ करोड मानिस यसको जोखिममा रहेको चौलागाईंले बताउनु भयो।


राष्ट्रीय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तरगत पालिका स्तरिय अभिमुखिकरण कार्यक्रममा झापा गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले हात्ती पाईले रोग एक प्रकारको जुकाबाट हुने रोग बताउनु भयो।उहाँले अरु जुका पेटमा बस्छ यो हात्तीपाइलेको जुका छालामा बस्ने जनाउनु भयो।उहाँले यस रोगको सर्बेका लागी हेटौडा देखि १० जनाको समूह आएको जानकारी दिनुभयो।बिश्वकर्माले यो सर्बे शनिबार बिहान झापा बजार भित्रका नरिवल टोल,थाना टोल र वडा १/२ को कार्यलय परिसरमा ३०० जनामा हुने जानकारी दिनुभयो।


झापा गाउँपालिका प्रमुख जयनारायण शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख कुन्तीदेवी बुढाथोकी,प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा,वडा २ का वडाध्यक्ष नेत्रबहादुर खड्का,वडा ७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेती,शरणामती स्वास्थ्य चौकी प्रमुख बाबुराम निरौला, शिक्षा साखा प्रमुख जिवनप्रसाद ढकाल साथै स्थानिय,सुरक्षाकर्मी,पत्रकारको उपस्थिती रहेको थियो।कार्यक्रमको संचालन झापा गाउँपालिका स्वास्थ साखाका स्वास्थ अधिकृत प्रेम न्यौपानेले गर्नुभएको थियो।

सम्बन्धित खबर