Kanakai Online

प्रदेश १ मा नेकपाको शक्ति सन्तुलनः ओली पक्ष ज्यादै कमजोर


बिहिवार, पौष २३, २०७७ |

कनकाई अनलाईन
केन्द्रका अधिकांश कमिटीमा चरम अल्पमतमा परेर संसद् विघटनको आलोच्य कदम चालेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष उनकै गृह प्रदेशको पार्टी कमिटीमा पनि ज्यादै कमजोर देखिएको छ।


कानुनी रूपमा नेकपा हालसम्म एकै रहे पनि राजनीतिक गतिविधि र व्यवहारिक हिसाबले मुलुकको सबैभन्दा ठूलो दल विभाजित भइसकेको छ। देशैभरी समूहगत भेला र आरोप–प्रत्यारोपको जुहारी चलिरहेको छ। यस्तो बेलामा नेपालको वाम आन्दोलनको उद्गमथलो प्रदेश १ मा सांगठनिक शक्ति सन्तुलनमा आफूलाई बलशाली तुल्याउने ध्येयमा दुवै पक्ष लागेका छन्।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङ, योगेश भट्टराईलगायतका प्रभावशाली नेताको गृह प्रदेश प्रदेश १ मा दलभित्रको सांगठनिक शक्ति सन्तुलनमा धेरैको चासो छ।

प्रदेश १ बाट नेकपा केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने, प्रदेशका १४ वटा जिल्ला कमिटी, प्रदेश र महानगर कमिटीको लेखाजोखा गर्दा ओली पक्ष प्रचण्ड–नेपाल पक्षको दाँजोमा कमजोर देखिएको हो।


प्रधानमन्त्री ओली पक्षले एकलौटी रूपमा केन्द्रीय सदस्य थप गर्नुअघिको अवस्थामा प्रदेश १ बाट नेकपा केन्द्रमा ६२ जनाको प्रतिनिधित्व थियो। जसमध्ये प्रचण्ड(नेपाल पक्षमा ४२ जना केन्द्रीय सदस्य उभिँदा ओली पक्षमा २० जना मात्रै छन्।

ओली पक्षमा उभिएका प्रदेशका केन्द्रीय नेतामा स्वयम् ओलीबाहेक सुवास नेम्वाङ, प्रदेश १ का अध्यक्ष देवराज घिमिरे, प्रदेश सह(इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शेरधन राईलगायत छन्। प्रदेशका जिल्ला इञ्चार्जमध्ये जम्मा एक जना खोटाङका विशाल भट्टराई मात्रै ओली पक्षमा छन्। अन्य केन्द्रीय सदस्यहरुमा भानुभक्त ढकाल, हिक्मत कार्की, शिवमाया तुम्बाहाम्फे, विनोद ढकाल, गुरू बराल, राजेन्द्र गौतम, तैयव हुसेन र डम्बरसिहं सम्बाहाम्फे छन्।

जिल्ला सह(इन्चार्जको जिम्मेवारीमा रहेकामध्ये भगवती चौधरी ९सुनसरी०, विजय सुब्बा ९तेह्रथुम०, मञ्जु चौधरी ९उदयपुर०, अइन्द्रसुन्दर नेम्वाङ ९पाँचथर०, देवेन्द्र दाहाल र हरि राजवंशी ९झापा० जगदिश कुसियैत ९सुनसरी० ओली पक्षमा छन्।

१४ वटा जिल्ला अध्यक्षमध्ये ओली पक्षमा सात जना खुलेका छन्। इलाम अध्यक्ष राम राना, राजेन्द्र राई ९धनकुटा०, राजकुमार भण्डारी ९पाँचथर०, चिन्तन पाठक ९झापा०, ऋषिकेश पोखरेल ९मोरङ०, प्रेमकुमार राई ९भोजपुर० र सोलुखुम्बुका अध्यक्ष मानवीर राई ओली समूहमा उभिएका छन्।


जिल्ला सचिवमध्ये ओखलढुंगाका मोहन श्रेष्ठ र खोटाङका राम दंगाल, विराटनगर महानगरका अध्यक्ष सागर थापा ओली समूहमा लागेका छन्।

पार्टी कमिटीको संरचना बन्दा तत्कालीन माओवादी केन्द्र, एमालेको पनि ओली र नेपाल समूहबीच सबैतिर भागबण्डा भएको थियो। अहिले विभाजनको अवस्थामा ओली समूह एकातिर र प्रचण्ड नेपाल एकातिर हुँदा सबैजसो कमिटीमा ओली पक्ष कमजोर देखिएको छ।

प्रधानमन्त्री ओलीकै गृह जिल्लामा उनी चरम अल्पमतमा देखिएका छन्। झापामा १ सय ७७ सदस्सीय जिल्ला कमिटीमध्ये १ सय २४ जना प्रचण्ड नेपाल समूहमा उभिँदा ओली समूहमा ५३ जना मात्रै छन्।

तत्कालीन एमाले विभाजन हुँदा पूर्वका अधिकांश अगुवा नेता कार्यकर्ता मालेतिर लागेको तर चुनावी परिणाम एमालेतिर आएको भन्दै अहिलेको शक्ति सन्तुलन निर्णायक नहुने दाबी ओली समूहले गर्दै आएको छ।

प्रदेश १ मा प्रचण्ड(नेपाल समूहको सांगठनिक पकड बलियो देखिएको छ। केन्द्रीय सदस्य र जिल्ला नेतृत्वको बहुसंख्या प्रचण्ड(नेपाल पक्षमा उभिएको छ। झलनाथ खनाल, योगेश भट्टराई, राम कार्की, जगन्नाथ खतिवडा, पेशल खतिवडा, अजम्बर राई काङमाङ, जीवन घिमिरे, टंक आङबुहाङलगायतका केन्द्रीय नेताहरु रहेको यो समूहमा प्रदेश इञ्चार्ज भीम आचार्य, सचिव सुरेश किराँती, सहइञ्चार्जहरु सावित्रीकुमार काफ्ले र नरेश खरेल पनि छन्।

प्रदेशका १४ मध्ये १३ जिल्ला इन्चार्ज प्रचण्ड(नेपाल समूहमा उभिएका छन्। नेकपा एकता हुँदा हरेक जिल्ला इञ्चार्ज र सह(इन्चार्ज केन्द्रीय सदस्यलाई बनाइएको थियो।

प्रचण्ड(नेपाल समूहमा उभिएका जिल्ला इन्चार्जमा भाष्कर काफ्ले ९ताप्लेजुङ०, इन्द्रबहादुर आङ्बो ९पाँचथर०, धिरेन्द्र शर्मा ९इलाम०, रविन कोइराला ९झापा०, घनेन्द्र बस्नेत ९मोरङ०, धर्म निरौला ९सुनसरी०, राजेन्द्रकुमार राई ९संखुवासभा०, यज्ञराज सुनुवार ९ओखलढुंगा०, बलदेव चौधरी ९उदयपुर०, हेमराज भण्डारी ९धनकुटा०, जयन्ती राई ९तेह्रथुम०, सुदन किँराती ९भोजपुर० र हेमकुमार राई ९सोलुखुम्बु० छन्। विराटनगर महानगर इन्चार्ज शिवकुमार मण्डल यहीँ समूहमा छन्।

पार्टीका सह(इन्चार्जमध्ये यो समूहमा उभिएकामा धर्मशीला चापागाइँ ९झापा०, पासाङ शेर्पा र तिलकुमार मेयाङ्बो ९ताप्लेजुङ०, महेश रेग्मी, देउमान सम्बाहाम्फे र गोपी अछामी ९मोरङ०, एकचन्द्र बराल, मोहम्मद महुज अन्सारी र रामकुमारी चौधरी ९सुनसरी०, दुर्गा चापागाइँ ९तेह्रथुम०, राजेन्द्र कार्की ९संखुवासभा०, रामकुमार राई, दुर्गाजयन्ती राई, राजन राई र समिता कार्की ९खोटाङ० र हरिबहादुर राई ९भोजपुर० छन्।

प्रचण्ड(नेपाल समूहका जिल्ला अध्यक्ष विजय वनेम ९ताप्लेजुङ०, योगेन्द्र मण्डल ९सुनसरी०, देवान चाम्लिङ ९खोटाङ०, मोहनकुमार खड्का ९ओखलढुंगा०, विनोद कटुवाल ९उदयपुर०, लछुमन तिवारी ९तेह्रथुम० र हेमराज घिमिरे ९संखुवासभा० छन्।

प्रदेशका १४ जना जिल्ला सचिवमध्ये १२ जना यो समूहमा छन्। बलबहादुर साम्सोहाङ ९ताप्लेजुङ०, रमेश बस्नेत ९सुनसरी०, ईश्वरमणि राउत ९उदयपुर०, होम जवेगु ९पाँचथर०, सोममाया राई ९इलाम०, मणिकुमार साम्पाङ ९झापा०, ऋषिराम ढुंगाना ९धनकुटा०, इन्द्रबहादुर इम्सुङ ९तेह्रथुम०, कृष्ण याख्या ९संखुवासभा०, विमल खड्का ९भोजपुर,० गोम्बु शेर्पा ९सोलुखुम्बु० छन्। विराटनगर महानगर सचिव हेम कार्की पनि प्रचण्ड(नेपाल समूहमा छन्।

कुन समूहमा को

सम्बन्धित खबर