झापा, पौष २२ गते । झापाको मेचीनगर नगरपालिका-१० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो पौने २ बजे मेचीनगर नगरपालिका-१० का ३२ बर्षीय मो.मुस्ताफालाई १ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका मुस्ताफाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।