कनकाई अनलाईन
२१ पुस, काठमाडौं । झापामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका(७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका(५ की २८ वर्षीया सलिना राई रहेका छन् । तामाङ मोटरसाइकल चालक हुन् भने राई मोटरसाइकल पछाडि सवार थिइन् ।
शिवसताक्षी नगरपालिका(८ झिलझिलेमा को १ ख ६०९८ नम्बरको बस र प्र(१(०२(०४३ प ९२१८ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो एक आपसमा ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए ।
उनीहरुको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।