केशव राज भण्डारी, झापा । मोरङको केरावारी गाउँपालिका कृषि तथा सहकारी शाखाले विभिन्न कार्यक्रम मार्फत ब्यवसायिक कृषकलाई सहयोग वढाए पछि कृषको उत्साह वढेको छ । मोरङ जिल्लाको केरावारी गाउँपालिका भौगोलिक विभिधतालेपूर्ण गाउँपालिका हो ।
थोरै तराई र अधिकांस पहाडि इलाकामा समेटिएको गाउँपालिका भित्र कृषिका अनेकौँ संभावना देखिएका छन । तराइमा उत्पादन हुने कृषिउपज देखि उच्च पहाडि क्षेत्रमा उत्पादन हुने जडिवुटी सम्म एउटै गाउँपालिका भित्र पाउन सकिन्छ, यो नै केरावारी गाउँपालिकाको विषेसता भित्र पर्दछ । कृषि विकासका लागि गाउँपालिकाको विभिद संभावनाहरु पछ्याउँदै पालिका भित्रका विभिन्न संभावनाहरुमा फरक फरक कृषि उपज उत्पादन गर्ने ब्यवसायिक कृषकहरुलाई केरावारी गाउँपालिका कृषि तथा सहकारी विकास शाखाले विभिन्न सिर्षकमा सहयोग उपलब्ध गराउदै आएको छ । प्लाष्टिक पोखरी, थोपा सिंचाई, टनेल निर्माण, आधुनिक मेसिन उपकरण देखि मल विउ किसानलाई सहज रुपमा वितरणका कार्यक्रमहरु सञ्चालनमा ल्याए सँगै कृषकहरु लाभान्वित भएका छन । यसको ज्वलन्त उदाहरणको रुपमा केरावारी गाउँपालिका वडा नं. ३ फुलवारी चोकका गोविन्द श्रेष्ठ पनि एक हुन । ब्यवासायिक कृषक गोविन्द श्रेष्ठ वैदेसिक रोजगारीको सिलसिलामा ओमन गएर साडे नौ वर्ष ब्यवसायिक कृषिमै विदेसि सिप र अनुभव वटुलेका कृषक हुन । साउदि अरवको भोगाई पछि ओमन पुगेका गोविन्दले कृषिमै काम गर्ने मौका पाए । उनले देसमा रेमिटान्स मात्र भित्र्याएनन वल्कि कृषिका आधुनिक सँगै नविनतम प्रविधिको राम्रो ज्ञान आर्जन गरी ऐले आफ्नै देसमा केहि गरेर देखाउने सपना साकार पारिरहेका छन । स्वदेसमै केहि गर्न श्रीमतीको राम्रो साथ र सहयोग पाएका कृषक श्रेष्ठले विदेस वाट सिप सँगै ल्याउन संभव हुने सम्मका औजार उपकरणहरु समेत भित्र्याएका छन ।
सुरुमा ब्यवसायिक वंगुर फार्म सञ्चालन गरेका श्रेष्ठले नराम्रो नोक्सानिको अनुभव समेत लिइसकेका छन । त्यस पछि पनि विचल्लित नभइ ब्यवसायिक तरकारी खेतिमा होमिएका गोविन्द, रात दिन नभनी मिहेनत गरियो भने सफल भइन्छ तर साना तिना असफलतामा हरेस खानु नहुने तर्क गर्छन । कृषकले उत्पादन गरेका तरकारीजन्य वालिहरुले वजार नपाउने समस्यामा आफु सहमत नभएको वताउने उद्यमी श्रेष्ठको वारीमा यतिवेला टमाटर, फुल गोभि, स्क्वास फर्सी, करेला, अकवरे खुर्सानी उत्पादन भइरहेको छ । वालिमा रसायनिक विषादी प्रयोगका सावालमा युरिया समेत आफुले प्रयोग नगरेको दावि गर्ने श्रेष्ठ जैविक विषदी र मलमै निर्भर रहेको वताउँछन । कृषकहरुले टनेलमा ब्यवसायिक तरकारी खेति गर्न गाह्रो हुने वताउने गरेको सुनिएता पनि कृषक श्रेष्ठ भने टनेलमै काम गर्न सजिलो र कम खर्च लाग्ने तर्क राख्छन । सुरुमा ७ हजार लगानिमा सुरु गरेको ब्यवसायिक तरकारी खेतिमा टनेल निर्माण, थोपा सिंचाई, प्लाष्टिक पोखरी लगायतका भौतिक पुर्वाधार थप गर्दै अगाडि वढेका छन । २ छोरी, एक छोरा र श्रीमान, श्रीमती गरी पाँच जनाको परिवारको सम्पुर्ण खर्च ब्यवसायिक तरकारी खेति वाटै उठ्ने गरेको वताउने गाविन्दले नेपालमा उन्नत जातका तरकारीको विउ विजन नपाइएकोमा दुःख ब्यक्त गरे । आफुले ओमन वाट आउँदा ल्याएको काँक्राको विउको उदाहरण दिदै उनि भन्छन “ओमन वाट ल्याएको काँक्रा एउटै हाँगामा ६ देखि आठ ओटा सम्म फल्यो, खाँदा स्वादमा पनि फरक छ ।” केरावारी गाउँपालिका वाट थोपा सिंचाई र प्लाष्टिक पोखरीमा अनुदान पाएका श्रेष्ठ सँग १० वटा प्लास्टिक टनेल छन ।
केरावारी गाउँपालिका कृषि विकास तथा सहकारी शाखा वाट कृषकहरुको क्षमता अभिबृद्धि सँगै अनुदानमा आधुनिक मेसिन औजार अनुदानमा वितरण गर्ने कार्यक्रम वनाएको छ । आगामि दिनमा कृषि उपज उत्पादनको खपतको समस्या नरहेको वताउदै दिर्घकालिन वजार ब्यवस्थापनका लागि कृषि सामाग्री आपूर्ती तथा कृषि उपज संकलन केन्द्रहरु स्थापनामा गाउँपालिकाले विषेस कार्यक्रम सञ्चालन गरिरहेको वताउँछन केरावारी गाउँपालिका कृषि तथा सहकारी विकास शाखाका प्रमुख टेक प्रसाद वाँस्तोला।