तुलसीप्रसाद निरौला
बिर्तामोड , पुस २० । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको क्लब एसेम्बली सोमबार कनकाईको धनुसकोटीधाममा सम्पन्न भएको छ ।
रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट भेषराज भण्डारी (प्रशान्त)को अध्यक्षता तथा एसीस्टेन्ट गर्भनर नवीनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा क्लब एसेम्बली भएको हो ।
कार्यक्रममा क्लवका एड्मिनिष्ट्रेसन डाइरेक्टर छवि पौडेल, मेम्बरसीप डाइरेक्टर सिजर राजभण्डारी, रोटरी फाउण्डेशन डाइरेक्टर जगत शर्माले रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले गरेका कार्यहरु र आगामी कार्य योजनाका बारेमा जानकारी गराएका थिए ।
त्यस्तै सर्भिस प्रोजेक्ट डाइरेक्टर नरेन्द्र बरालको अनुपस्थितिमा क्लवका पास्ट प्रेसिडेन्ट शिवकुमार अग्रवाल र पब्लिक इमेज डाइरेक्टर मनोज अग्रवालको अनुपस्थितिमा सेक्रेटरी सिद्धार्थ नवीन उप्रेतीले रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले गरेका कार्यहरु र आगामी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा एसीस्टेन्ट गर्भनर नवीनकुमार श्रेष्ठले रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको अवस्थामा पनि सामाजिक कार्य गरेको बताउँदै आगामी दिनमा समाजमा अझै उदाहरणीय कार्य गर्न सुझाव दिए ।
कार्यक्रममा रोटरी क्लब अफ मेचीनगरका चार्टर प्रेसिडेन्ट कपिल क्षेत्री, इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशल, रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट प्रकृति न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा क्लवका चाटर्ड प्रेसिडेन्ट सन्तोष अग्रवाल, प्रेसिडेन्ट इलेक्ट दिपेन्द्र पोखरेल, क्लवका पास्ट प्रेसिडेन्टहरु शुभ कुमाई पाठक, अरवीन्द अग्रवाल, इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेल, रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनका डिस्ट्रीक रिप्रजेन्टेटिभ सन्नी गोयल,रोटरी क्लव अफ दमकका आइपीपी दिपु चापागाईं, रोटरी क्लव अफ वानेश्वरका महावीर गुरुङ लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउन, रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउन र इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका पदाधिकारीहरुले सांस्कृतिक प्रस्तुती दिएका थिए ।
कार्यक्रमको सञ्चालन रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका सेक्रटरी सिद्धार्थ नवीन उप्रेतीले गरेको क्लवका मिडिया पर्सन तुलसीप्रसाद निरौलाले जानकारी दिए ।