Kanakai Online

ओलीले जबजकै खिल्ली उडाए , योगेश भट्टराई


शनिवार, पौष १८, २०७७ |

लीलाराज झापाली

नेकपाका स्थायी कमिटी सदस्य तथा पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराईले हालका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलिय जनवादका नाममा सिद्धान्तकै खिल्ली उडाएको आरोप लगाउनुभएको छ ।

आज झापाको बिर्तामोडमा भएको प्रतिगमन बिरुद्धको कार्यक्रममा बोल्दै नेता भट्टराईले संविधानको सवोच्चता, कानुनी शासन, शक्ति पृथकीकरण, बहुमतको सरकार अल्पमतको प्रतिपक्ष लगायातका जनवादका सिद्धान्तहरु सबैलाई ध्वस्त पार्ने काम ओलीले गरेको भन्दै उल्टै जनवादको नारा लगाएर संविधान र मदन भण्डारीले प्रतिपादन गरेको बहुदलिय जनवादमाथि मजाक गरिरहेको बताउँनुभयो ।


कम्युनिष्ट पार्टीका दुई पाइलटहरुमध्ये गलत दिशामा बिमान उडाउने पाइलटलाई हटाएर अर्को सहि पाइलटलाई पाइलटको सिटमा बसाइएको बताउँनुभएको छ ।
झापाको बिर्तामोडमा नेकपाको झापा जिल्लाको आमसभालाई सम्मोधन गर्दै युवा नेता भट्टराईले भन्नुभयो सानो तिनो टुइनेटर बिमान भएको भए हामी एउटै पाइलटले पनि बिमान उडाउने थियौ, ठुलै जेट बिमान भएकोले हामीले एकजना पाइलटलाई हटाएर अर्का कुशल क्याप्टेनलाई बिमान उडाउने जिम्मा दिएका छौ । पुर्व पाइलटलाई हामीले जेटबाट बाहिर निकालेको नभएर यात्रुको सिटमा राखिरहेका छौ उहाँ सच्चिएर आउनुभयो भने पुने हामी चालकका लागि राख्न तयार छौ । भट्टराईले पार्टीका एक जना चालकले गलत दिशामा बिमान उडाएको कारण बिमान निश्चित गन्तव्यमा पुग्न केहि विलम्ब हुने समेत बताउँनुभएको छ । नेता भट्टराईले नेकपा पार्टीमा प्रधानमन्त्री सच्चिएर आएमा क्षमा दिने समेत बताउँनुभयो , हामी भन्छौ प्रधानमन्त्रीज्यु तपाई सच्चिएर आउनुहोस हामी क्षमा दिन्छौ तर पुस १५ लाई कहिल्यै भुल्ने छैनौ । अब आगामी दिनमा नेकपा पार्टीमा युवा नेतृत्व हामी हुने समेत भट्टराईले बताउँनुभयो ।


भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलिय जनवादका नाममा जनवादकै खिल्ली उडाएको समेत आरोप लगाउनुभयो । नेता भट्टराईले प्रधानमन्त्री ओलीले पार्टीले काम गर्न दिएन भन्ने गलत शन्देश प्रवाह गरिरहेको भन्दै कतिपय गलत निति तथा कार्यक्रमहरु पनि पार्टी र संसदले प्रधानमन्त्रीकै लागि भनेर पास गरेर सहयोग गरेको बताउनुभयो ।
पुर्व सांसद समेत रहनुभएका भट्टराईले पार्टी र चुनाव चिन्ह स्वत आफ्नो पक्षमा आउने कानुनी मान्यता रहेको भन्दै ओलीले यसमा समेत चालवाजी गर्ने कोषिस गरेमा देश ठुलो दुर्घटनामा जाने बताउँनुभयो । स्थानीय पालिकाहरुका प्रमुख उपप्रमुख तर्फ संकेट गर्दै नेता भट्टराईले भन्नुभयो पार्टीको चुनाव चिन्हबाट चुनाव लड्ने जनप्रतिनिधिहरु पार्टीमा बफादार हुन र यसो नभए अर्को बफादार प्रतिनिधिलाई सो जिम्मेवारी दिन पनि सकिने भट्टराईले बताउँनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यद्धय धर्मशीला चापागाई र रविन कोइरालाले प्रधानमन्त्रीले संविधानका लागि बलिदानी गर्ने सुखानी र अन्य हज्जारौ शहिदहरुको रगतमाथि खेलवाड गरेको आरोप लगाउनुभयो ।
नेकपा झापा जिल्लाद्धारा आयोजना गरिएको कार्यक्रममा झापाका १५ वटै स्थानीय तहबाट नेकपाका कार्यकर्ता र सुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेकपा नेतृ एवम् भद्रपुर नगरपालिकाकी उपमेयर चन्द्रा श्रेष्ठको संचालन तथा नेकपा झापाका सचिव मणिकुमार साम्पाङ्ग बिजयको सभापतित्वमा भएको थियो ।

सम्बन्धित खबर