Kanakai Online

न्यू पाथिभरा सहकारीको १३ औं साधारण सभा सम्पन्न।


शनिवार, पौष १८, २०७७ |


शरणामती,पौष १८।झापा गाउँपालिका-६ शरणामतीमा रहेको श्री न्यू पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं साधारण सभा सम्पन्न भएको छ ।संस्थाको १३ औं वार्षिक साधारण सभा शनिवार जनता माध्यमिक विध्यालयको भवनमा सम्पन्न भएको हो ।

संस्थाको साधारणसभा संस्थाका बर्तमान अध्यक्ष हस्तबहादुर बोहोराको अध्यक्षता तथा झापा गाउँपालिकाका प्रमुख जयनारायण शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा गाउँपालिकाका सहकारी विभागका प्रमुख अधिकृत हिमाल मिश्रको विशिष्ट आथित्यता रहेको थियो।त्यस्तै विशेष अतिथिहरुमा सहकारी सचिवालय प्रतिनिधि सन्तोष सापकोटा,झापा गापा वडा ७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेती रहनुभएको थियो।अथितीहरु क्रमस केशब बजगाई,नन्दकिशोर पोधार,अन्जु थपलिया,चन्द्रबहादुर कार्की,नेत्र प्रसाईं,मोहन मिश्र,चन्द्रप्रसाद खरेल तथा विभिन्न संघ संस्थाका प्रतिनिधी,सुरक्षाकर्मी लगायतको आथित्यता रहेको थियो।


कार्यक्रममा संस्थाका अध्यक्ष हस्तबहादुर बोहोराले संस्थाको आर्थिक कारोवार र भावी लक्ष्यबारे जानकारी गराँउदै शेयर सदस्यहरुलाई सहकारी शिक्षा, सूचना र तालिमको माध्यमबाट वित्तिय परामर्श सेवा प्रदान गरि जागरण ल्याउन चेतनाको वृद्धिको लागि प्रतिवद्ध रहेको कुरा जानकारी गराउनु भयो ।बोहोराले २५ जना संस्थापक सदस्यबाट २०६४/०६५ को आर्थिकवर्षमा दर्ता गरेको संस्थाले अहिले १५४२ जना सेयर सदस्य,८१ लाख ११ हजार ९०८ को शेयरपूँजी,४ करोड  ६९ लाख ५१ हजार ९२१ निक्षेप र ४ करोड ९१ लाख ५० हजार ८१७ ऋण लगानी रहेको जानकारी दिनुभयो।संस्थाको खुद नाफामा विश्वव्यापी महामारी कोरोना भाइरसले प्रभाव पारेको उल्लेख गर्दै १६ लाख २ हजार २४८ खुद नाफा भएको बोहोराले बताउनु भयो।बोहोराले संस्थाले सामाजिक क्रियाकलाप तथा सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न विपदमा सहयोग गरेको भन्दै चालू आर्थिक वर्षमा समेत सामाजिक कृयाकलापमा संस्थाले सेयर सदस्यहरुको निधन भएमा,सुत्केरी तथा जन्मदर्ता पेस भए पछी बालबचतको खाता खोली सहयोग गर्ने सबन्धमा साधारण सभामा प्रस्ताव राख्नुभयो।


कार्यक्रममा प्रमुख अथिती शाहले झापा गाउँपालिकाको आर्थिक समृद्दीमा सहकारीले गरेको भुमिकाको प्रशंसा गर्नु हुँदै झापा गाउँपालिकालाई मकै जोन र धान जोन बनाउने लक्ष्य लिएको बताउनु भयो।शाहले यस सहकारीले सामाजिक कल्याणमा चासो देखाएको प्रती धन्यबाद प्रकट गर्दै  गाउँपालिकाले पनि कृषी तर्फ अनुदानका कार्यक्रम ल्याउने योजना राखेको बताउनु भयो।


संस्थाका सचिव भविन्द्र भण्डारीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष महेन्द्र प्रसाईले स्वागत मन्तब्य राख्नुभएको थियो।शुभकामना मन्त्यब्य राख्ने क्रममा विशिष्ट अथिती मिश्रले झापा गाउँपालिकाकै पुरानो सहकारीले स्थापनाकाल देखि यहाँ सम्म आउँदा गरेको उपलब्धीको प्रशंसा गर्नुभयो।कार्यक्रममा पुर्व सदस्य काजी राउत,निवर्तमान अध्यक्ष केशब बजगाईं,सचिवाल प्रतिनिधि सन्तोष सापकोटा,वडाध्यक्ष नेत्रप्रसाद उप्रेती लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।कार्यक्रममा सहकारीमा योगदान पुर्याउने विभिन्न व्याक्तीत्वलाई समेत मायाको चिनो वितरण गरिएको थियो।

सम्बन्धित खबर