कनकाई अनलाईन
झापा कनकाई नगरपालिकामा केपी शर्मा ओली निकट खेलाडीहरु संगठित भएका छन ।
स्थानीय युवा खेलाडी रमेश मैनालीको अध्यक्षतामा
कनकाई नगरपालिकामा मदन भण्डारी स्पोर्टस् एकाडेमी गठन भएको छ । शुक्रवार सुरुङामा आयोजित भेलाले रमेश मैनालीको अध्यक्षतामा एकाडेमी गठन भएको हो ।
एकाडेम ीओली निकट खेलाडीहरुको संगठन हो ।
एकाडेमीको उपाध्यक्षमा निमेश ओली, जनार्दन मण्डल, सचिव पे्रम कुमार पुरी, सहसचिव सारिका गिरी, कोषाध्यक्षमा गिता चौहान चयन भएका छन् । सदस्यहरुमा सचिन बस्नेत, पासाङ तामाङ, युनेश बस्नेत, सागर गिरी, सुवास गजमेर , दिलिप राई, विशाल सिटौला, धर्मेन्द्र सुवेदी, सुदिप वाग्ले, पर्शुराम दाहाल, नविन खवास, संजिव ढकाल, दिपक थपलिया, सुजन पराजुली, दुर्गा ओली, एन्जिला मैनाली, भरत ओली, इश्वर थापा, उमेश उप्रेती र प्रदिप लुइटेल रहेका छन् ।
मदन भण्डारी फाउण्डेशन कनकाईका अध्यक्ष गोकर्ण ओझाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान सांसद् एलपी साँवा, प्रदेश सांसद् हिरा थापा, उपप्रमुख मन्जु प्रसाई लगायतले सम्बोधन गरेका थिए ।
पार्टीमा कमजोर अवस्था रहेको आफ्नो गृह जिल्लामा ओलीले संसद भंग गरेसगै पार्टी गतिविधि समेत बढाएका हुन ।