कनकाई अनलाईन
सुरुङ्गा । सुभेक्षा बचत तथा सहकारी संस्था सुरुङ्गाको दशौ बार्षिक साधरणसभा कोरोना भाइरसका कारण दुई अलग अलग स्थान सुरुङ्गा र शिवसताक्षीमा सम्पन्न भयो ।
शिवसताक्षीको माइधारस्थित मेची बोडिङ्ग स्कुलमा भएको साधरणसभाको प्रमुख अतिथिमा शिवसताक्षी सहकारी प्रमुख बद्री प्रसाद दाहाल रहनुभएको थियो भने कनकाई सुरुङ्गामा भएको साधरणसभाको प्रमुख अतिथि कनकाई ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया रहुनुभएको थियो ।
कार्यक्रमको संचालक मित्रजंग कार्की रहनुभएको थियो । कार्यक्रममा अध्यक्ष बालकुष्ण चेम्जोङ्गले गत आर्थिक बर्षमा शेयरपुजी ४६ लाख ७२ हजार रुपैँया रहेकोमा यस आर्थिक बर्षमा ५१ लख ७६ हजार रुपैँया पुगेको जानकारी दिनुभयो ।
चेम्जोङ्गले यस आर्थिक बर्षमा खुद ४ लाख ७१ ह्जार रुपैँया नाफा कमाउन सफल भएको बताउँनुभयो ।
कार्यक्रmमा उत्कृष्ट बचतकर्ताका रुपमा नरेश श्रेष्ठ कनकाई ३, हरिप्रसाद ठाकुर शिवसताक्षी १० र पदमबहादुर थापा झापा गाउँपालिका ३ लाई यसैगरि उत्कृष्ट असल ऋणीका रुपमा केन्द्रप्रसाद भण्डारी कनकाई १, प्रेमप्रसाद कुँबर शिवसताक्षी १० र कुसमान मियाँ झापा ५ लाई सम्मान गरिएको थियो ।
चुनावी साधरणसभा भएपनि कोरोना महामारीका कारण पुरानै कार्यसमितिलाई निरन्तता दिने सर्बसम्मत निर्णय भएको थियो , जसमा अध्यक्ष बालकृष्ण चेम्जोङ्ग, उपाध्यक्षमा सूर्यप्रसाद अधिकारी, सचिवमा नारायण थापा सदस्यहरुमा भीम भट्टराई, मन्जु प्रसाई, सरिता मरासिनी, भरत अधिकारी, युवराज अधिकारी र निलप्रसाद सिटौला रहनुभएको छ ।