लीलाराज झापाली
अत्याधिक सडक दुर्घटना बढेसगै झापामा सवारीको गति नियन्त्रणका लागि टायम कार्ड लागु भएसगै सवारी दुर्घटना घटेको छ ।
झापामा पछिल्लो समय सडकमा गुड्ने यात्रुबाहक बसमा टाइमकार्डको नियम लागु भएपछि एक महिनाको तथ्याङ्गमा दुर्घटनाको दर आधाले कमि आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
झापामा माघ ५ गतेदेखि सड्कमा गुड्ने यात्रुबाहक बसमा टाइम कार्ड प्रणाली सुरु गरिएको थियो । टाइम कार्ड प्रयोगमा आउनुअघि झापाको सडकमा साउन महिनामा १४ वटा दुर्घटना भएको थियो । जसमा २ जनाले सड्क दुर्घटनामा परि ज्यान गुमाएका थिए । यसैगरि भदौ महिनामा २२ सवारी दुर्घटना भएको र यसबाट समेत २ जनाले ज्यान गुमाएका थिए । असोज महिनामा २४ सवारी दुर्घटना भएको र यसबाट ७ जनाले अनाहकमा ज्यान गुमाउनुपरेको थियो ।
यसैगरि कार्तिकमा २३ सवारी दुर्घटनामा परि ७ जनाको ज्यान गएको थियो । मंसिर महिनामा सर्वाधिक झापाको सड्कमा २८ सवारी दुर्घटना भएको र यसबाट ११ जनाले ज्यान गुमाएपछि जिल्लाका प्रहरी र सरोकारवालाको ध्यान खिखेको थियो । यसबाट जिल्ला ट्राफिक र प्रहरीले झापामा टाइम कार्डको व्यावस्थागर्ने तयारी थालेको हो । पुस महिनामा समेत झापामा २० सवारी दुर्घटनामा परि ९ जनाको ज्यान गएको थियो । माघ महिनामा ५ गतेदेखि टायम कार्डको व्यावस्था गरिएपछि दुर्घटना केहि हदसम्म घटेको सरोकारवालाको भनाई छ । माघमा १९ सवारी दुर्घटना भएपनि ६ जनाले मात्रै ज्यान गुमाएको र फागुन महिनाको १६ गतेसम्मको तथ्याङ्गमा १४ दुर्घटना भएको र यसमा परि हालसम्म ३ जनाको मात्रै ज्यान गएको छ ।
यसरी हेर्दा यात्रुवाहक वसमा टाइमकार्ड लागु भएपछि दिनप्रतिदिन हुने सवारी दुर्घटनाको दर घट्दै गइरहेको पाइएको छ । झापामा सवारी टाइमकार्ड सुरु भएपछि नेपालका अन्य जिल्लाहरु मोरङ्ग, सुनसरी, उदयपुर लगायातका अन्य जिल्लामा समेत झापाकै सिको गर्दै टाइम कार्ड वितरण गर्न सुरु गरिएको छ । टायमकार्डमा काकडभिट्टादेखि बिर्तामोड सम्मको १७ किलोमिटरको दुरीलाई कम्तीमा ३० मिनेट लगाउनै पर्ने छ भने बिर्तामोड देखि दमक सम्मको ३३ किलोमिटरको दुरीलाई कम्तीमा ५९ मिनेट लगाउनै पर्ने छ ।
यसरी झापाको ५० किलोमिटरको दुरीलाई कम्तीमा १ घण्टा ३० मिनेट लगाउनैब पर्ने नियम लगाइएको छ । यस अघि यो समयमा खासमा रातो र हरियो रङ्गका ननस्टप गाडीहरुले यो अवधिमा कम्तीमा पनि इटहरी पुर्याउने गर्दथिए ।
फोटो ः जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको भवन