कनकाई अनलाईन
कनकाई नगरपालिकामा पहिलो होम स्टे संचालनमा आएको छ ।
कनकाई नगरपालिका २ सुकेडाँगीका युवा व्यावसायी कैलास बरालले आफ्नै घरमा धनुषकोटी होमस्टेको संचालन गरेका हुन । होमस्टेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गर्नुभयो ।
पोखरेलले कनकाई नगरपालिकामा अव सामुदायिक र व्याक्तिगत लगानीका सबैखाले होमस्टेलाई प्रवद्धन गरिने बताउँनुभयो ।
कनकाईको पहिलो होमस्टेमा सबै आर्गनिक खाना र कोदो फापरको रोटी लोकल कुखुराको मासु लगायात खान पाइने र विशेष अवशरमा सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिने संचालक बरालले बताउँनुभयो ।
उद्घाटन कार्यक्रममा कनकाई नगरपालिका वार्डनम्बर २ का अध्यक्ष परशुराम गिरी, ३ का वडाध्यक्ष रुद्रप्रसाद चिमरिया कनकाई १ का वडासदस्य देवि अधिकारी, २ का सदस्य घनश्याम मैनाली जामुनवारी सामुदायिक वन समुहका अध्यक्ष ख्यामराज सिटौला , सुरुङ्गा सहकार्य युवा क्लवका अध्यक्ष सुदिप भण्डारी लगायातको आतिथ्यता रहेको थियो । कार्यक्रम धनार्जन तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो । सोहि अवशरमा सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।