कनकाई अनलाईन
नेकपा विप्लप समुहका झापा जिल्ला नेता याम गिरी आज अहिले साँझ मात्रै जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन ।
गिरी रिहा भएलगत्तै नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन । गिरी काठमाण्डौबाट पक्राउ परेका थिए । प्रहरीले उनीमाथि सहारा नेपाल चारपानेको बम बिष्फोट लगायातको आरोप लगाएको थियो । उनको मुद्धा हालपनि जिल्लामा चलिरहेको छ । गिरीलाई नेकपाका झापा जिल्ला सचिव बिजय साम्पाङ्ग , अरुण श्रेष्ठ , गोपाल प्रसाई लगायातले इलाका प्रहरी कार्यालय बिर्तामोड परिसरमै नेकपामा प्रवेश गराएका हुन । गिरी झापामा लामो समय विप्लप समुहको गतिविधिमा संग्लन थिए । विप्लप समुहका नेताहरु धमाधम पक्राउ र पार्टी परित्याग गरेपनि उनी झापाको नेतृत्व सम्मालेर रहेका थिए । विद्यार्थी कालदेखि राजनिति गरेका उनी पछिल्लो समय मोहन बैद्य समुह हुदै विप्लप माओवादीमा आवद्ध रहेका थिए ।
हाल उनी सक्ताशीन नेकपामा प्रवेश गरेका छन । ३७ बर्षिय गिरी झापा शिवसताक्षी नगरपालिका निवासी हुन ।