कनकाई अनलाईन
पुर्व जनप्रतिनिधि तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलका पिता गणेशबाबु पोखरेलको निधनको शोकमा भोली बिहिवार कनकाई नगरपालिका बन्द गर्ने निर्णय भएको छ ।
लामो समय यस क्षेत्रको प्रधानपंच चलाउनुभएका जनप्रतिनिधि पोखरेलको आज बेलुकी ८७ बर्षको उमेरमा निधन भएको थियो । शोकको घडीमा नगरपालिका एक दिन बन्द गर्ने निर्णय गरिएको कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले कनकाई अनलाईनलाई बताउँनुभयो ।