कनकाई अनलाईन
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई पितृ शोक परेको छ ।
उहाँका पुजनीय पिता तथा तत्कालिन सुरुङ्गा गाउँ पंचायतका ४ कार्यकाल प्रधानपंच चलाउनुभएका गणेशबाबु पोखरेलको आज बेलुकी ५ बजेर २६ मिनेट जादा उपचारका क्रममा बिर्तामोडस्थित विएनसी अस्पतालमा निधन भएको हो । पोखरेलको यस अघि मुटुको सल्यक्रिया गरिएको थियो । पोखरेल ८७ बर्षको हुनुहुन्थ्यीयो । उहाँ पछिल्लो समय १० दिनदेखि मुटु सम्बन्धि उपचारका क्रममा विएनसी अस्पतालमा रहनुभएको कनकाई उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष समेत रहनुभएका उहाँका भतिज कुमारमणि पोखरेलले बताउँनुभयो । उहाँका श्रीमती देविमाया ४ छोराहरु राजेन्द्रकुमार पोखरेल कनकाई नगरपालिकाका प्रमुख, निर्माण, दिनेश र डाक्टर फाल्गुनी पोखरेल र ७ जना छोरी रहनुभएको छ । पोखरेल विगत २०१५ सालदेखि खोटाङ्गबाट बसाई सरी सुरुङ्गा दुर्गापुरमा रहदै आउनुभएको थियो । उहाँको पवित्र कनकाई माईमा अन्तिम सस्कार गरिने कुमारमणि पोखरेलले बताउँनुभयो ।