Kanakai Online

पत्रकार महासंघ झापाको साधारण सभा सम्पन्न


आइतवार, पौष १२, २०७७ |

सुरुङ्गा, पुस १२ गते । नेपाल पत्रकार महासंघ झापाको साधरणसभा सम्पन्न भएको छ । शनिवार मेचीनगरमा भएको साधरणसभाको उद्घाटन गर्नुहुदै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन संबिधानको मर्म विपरित भएको पत्रकार महासंघको ठहर भएको बताउँनुभयो ।

समारोहमा विष्टले लोकतन्त्रका लागि नेपाली पत्रकारको पनि योगदान रहेको समेत बताउँनुभयो । महाचिव विष्टले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको पेसागत सुरक्षाका लागि महासंघले शसक्त कदम चाल्ने बताउनुभयो । महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, केन्द्रीय सदस्य तथा लेखा समिति संयोजक रोशन पुरी, महासंघका केन्द्रीय सदस्य माधव चम्लागाई, एक नम्बर प्रदेश महासंघका अध्यक्ष बिक्रम लुइटेल, मेचीनगर नगरपालिकाकी कार्यबाहक प्रमुख मीना पोखरेल उप्रेती, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना लगायातले साधारणसभा सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा सचिव सन्तोष आचार्यले सांगठानिक र कोषाध्यक्ष इश्वर अधिकारीले आर्थिक प्रतिवेदन पेस गरेका थिए । दुबै प्रतिवेदन सुझावसहित सभाबाट पारित भएको थियो । बन्दसत्र सफल बनाउन महासंघका पूर्व अध्यक्ष कृष्ण हुमागाई संयोजकत्वमा सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष एकराज गिरीले गरेका थिए । महासंघ झापा शाखा, प्रदेश र केन्द्रको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ ।

सम्बन्धित खबर