Kanakai Online

अब झापाको पुरानो सदरमुकाम झापा बजारमा पनी ट्राफिक पोस्ट


शनिवार, पौष ११, २०७७ |

झापा,११ पुस।झापा गाउँपालिकाको झापा बजारमा पनी अव ट्राफिक प्रहरीको चेकिङपोष्ट रहने भएको छ ।

ईलाका प्रहरी कार्यालय कुमरखोदमा शनिबार आयोजना गरिएको एक कार्यक्रमबीच ट्राफिक प्रहरी अव झापाको झापा बजारमा रहने प्रहरी नायव निरीक्षक खड्ग गिरीले कनकाई साप्ताहिकलाई बताउनु भयो ।‘ट्राफिक नहुदा यहाँ ठूलो समस्या आएको छ,झापा बजारमा अहिले सवारी चाप वढेको छ, वोर्डर नजिक र खुल्ला सिमाना भएका कारण भारतीय मोटरसाईकल चालकहरु तिव्र रुपमा गाडी चलाउँछन,विनाहेल्मेट , विनालाईसेन्स लिएर आउँछन्, जति सम्झाउँदा पनि हेल्मेट र लाईसेन्स लिएर आउँदैनन्, त्यसैगरी स्थानीयहरुले पनि मोटरसाईकल चलाउँदा हेल्मेट लगाउँदैनन् , ट्रक, वस, ट्याक्टरहरु तिव्र गतिमा कुदाउँछन् ’ गरीले भन्नुभयो ।अब ट्राफिक प्रहरी बसेपछी सवारीबाट हुने क्षती न्युनीकरण हुने गीरीले दावी गर्नुभयो ।

सुरक्षा स्रोतका अनुसार ट्राफिक प्रहरी कार्यालय दमकमा दरवन्दी भई हाल कुमरखोद ट्राफिक पोष्टमा प्रहरी हवल्दार कल्पना कटुवाल काजमा खटिएर आउनु भएको छ।कार्यक्रममा ट्राफिक प्रहरी सुरुङ्गा पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक चन्द्रकुमार बस्नेतले ट्राफिक नियमसम्वन्धी सचेतना दिनुभएको थियो ।

सम्बन्धित खबर