Kanakai Online

किरात मोर्चा लिम्बुवान संयोजन समितिको नेतृत्व चयन


शुक्रवार, पौष १०, २०७७ |


 
बिर्तामोड , पुस १० । किरात मोर्चा लिम्बुवान संयोजन समितिको संयोजकमा एम.डी. किराती चयन भएका छन् । किरात मोर्चाले शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै एम.डी. किरातीको संयोजकत्वमा २२ सदस्यीय किरात मोर्चा लिम्बुवान संयोजन समिति गठन गरेको जानकारी दिएको हो ।


  नवगठित समितिको सदस्यमा पदम चोङ्वाङ्ग, चन्द्र पन्धाक, सुवास योङ्हाङ्ग, देवु राई, हेमन्त खिम्दिन, थामशेर लिम्बू, राम थेगिम, धन थाम्सुहाङ्ग, सृजङ्गा, ध्रुर्व तुम्वापो, दिनेश जवेगु, चन्द्र साँवा, प्रवेश  मिभक, वी.वी. लिम्बू , अनम लिम्बू, चुनाव योङ्हाङ्ग, मेघ लिम्बु , शिव इङ्नाम, केशव आङ्वोहाङ्ग, सिमेलुङ र ओम राजधामी चयन भएका छन् । समितिको सल्लाहकारहरुमा कुसुम लिङदेन र अशोक नेम्वाङ्ग चयन भएका छन् ।किरात मोर्चाका केन्द्रिय सदस्य सचिव मिसेकहाङ थाम्सुहाङ्गले नेपाल किरात देश पुनर्निमाण गर्ने उद्धेश्यले देशभर संगठन विस्तार गर्नेक्रममा किरात मोर्चा लिम्बुवान संयोजन समिति गठन गरिएको बताए ।


  नेपालको प्राचिन ,सनातन सभ्यता किरात सभ्यता, किरातीजम(मुन्धुम)भएको र त्यसको जगमा मात्र देशको राष्ट्रियता ,सम्प्रभुता, विकास सवल बन्न सक्ने र अन्ततगोत्वा यो देश किरातीजम र हिन्दुजमकै सहकार्य र सह अस्तित्वमा मात्र स्थीर हुन्छ भन्ने किरात मोर्चाको ठहर रहेको उनले बताए । नेपाल किरात सभ्यताको जगमा किरात देश पुनर्निमाण गर्नुपर्ने र किरात देश अन्तर्गत सवैलाई समेट्ने उनले बताए । कार्यक्रममा किरात मोर्चा लिम्बुवान संयोजन समितिका संयोजक एम.डी. किराती ,जिल्ला संयोजक साम्योहाङ लिम्वूलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित खबर