आजको पञ्चांग
मितिः २०७७ पौष १०, शुक्रबार
इ.संः २०२० डिसेम्बर २५
नेपाल संवतः ११४१ (थिंल्लाथ्व)
प्रमादीनाम संवत्सर
चन्द्रमाः मेष राशीमा
तिथीः एकादशी
पक्षः मार्गशीर्ष शुक्लपक्ष
नक्षत्रः अश्विनी
ऋतुः हेमन्त
आयानः दक्षिणायन
सूर्योदयः ६ः५४
पर्व दिवस –
ख्रीष्टमस डे
मुहूर्त साइत
पसल खोल्ने
आजको राशीफल, शुक्रवार , १० पौष, २०७७
मेषः मन केही चञ्चल रहनेछ । तर आज तपाईँको राशी
स्वामीसँग चन्द्रमा एकै घरमा रहेकाले हातमा लक्ष्मी आउनेछिन् ।
शीरका चन्द्रमाका प्रभावले तपाईँको चेहेरा प्रशन्न र मन
आनन्दित रहनेछ । पतिपत्नी बिच सामान्य बेमेलको अवस्था थियो
भनेपनि आज सम्बन्ध मधुर बन्नेछ । साझेदारी काममा एकता
जुट्नेछ । मुत्राशय सम्बन्धि भएका समस्याहरुले छोड्दै जानेछन् ।
आफन्तको भेटघाटमा मीठो परिकारको स्वदमा रमाउन पाइने दिन
छ ।
वृषः आज शरीर अस्वस्थ रहला ।आर्थिक पाटोको व्यवस्थापन गर्न पनि
निकै गाह्रो पर्ने देखिन्छ । बसिरेको स्थान छोड्नुपर्ला । बायाँ
आँखामा कुनै दुखाई या चोट पर्ने संभावना छ । आफन्तहरुबाट
सोचेजस्तो सहयोग मिल्ने छैन । काका काकी, फुपू वा मावली पक्षमा
केही क्षती वा नोक्सानीको खबर आउला । व्यवहार चलाउनका लागि ऋण
काढ्नुपर्ने वा उधारो चलाउनुपर्ने दिन छ आज । खुट्टा तान्न
खोज्नेहरुबाट पनि सावधान रहनुहोला ।
मिथुनः आज तपाईँको इच्छा पूर्ति हुने दिन छ । अभीष्ट
प्राप्तिको दिन छ । तपाईँका लागि अवसरका विभिन्न द्धारहरु
खुल्नेछन्। सामान्य विमारले छोड्दै जानेछन् । दाजु दिदीका
तर्फबाट कामहरु बन्नेछन् । ससुरालीका पक्षबाट सन्तोष मिल्ने छ ।
लक्ष्मीको कृपादृष्टि मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर भएर जानेछ ।
सन्तान पक्षबाट सुखद समयको योग पनि देखिन्छ । कुनै उपहार या
चिठ्ठा पर्ने सम्भावना उत्तिकै छ ।
कर्कटः आज चन्द्रमा तपाईँको कर्मक्षेत्रमा आइपुगेका छन् ।
यदि तपाईँ कुन जलीय, पीत या सेतो पदार्थको व्यापारी
हुनुहुन्छ भने आज तरक्की गर्दैहुनुहुन्छ । आज तपाईँ
आपूmलाई एकदम आनन्दित र सुखी महसुस गर्दै हुनुहुन्छ । आज
प्रशासनिक क्षेत्रमा पनि सफलता मिल्नेछ । स्थीर सम्पत्तीको कारोबार
गर्ने सोचमा हुनुहुन्थ्यो भने आज उचित दिन छ । माताको
आशीर्वादले आज तपाईँ कृतज्ञ हुनुहुनेछ । आज सार्वजनिक तथा
महत्वपूर्ण स्थान प्राप्तिको योग पनि देखिन्छ ।
सिंहः आज तपाईँलाई सार्वनजिक पद तथा नेतृत्व प्राप्त हुने दिन
छ । तपाईँको किर्ति र यश फैलने छ । आज तपाईँको भाग्यको
चाबी खोलिएको छ । पशुधनबाट पनि आज सन्तोषको दिन छ ।
धर्मकर्ममा मन जानेछ । अध्यात्मिक चिन्तन अनि पाप र पुण्यको
तपाईँमा भएको चेतका कारण नै आज तपाईँमा इश्वरको कृपा
बर्षिएको हो । पीताको आशीर्वादले आज तपाईँ विजयी
बन्नुहुनेछ । तपाईँको साहस र पराक्रमले आज तपाईँलाई
अनपेक्षित सफलता मिल्दैछ ।
कन्याःआज तपाईँले आप्mनो बोलीवचन र बोल्ने शब्दमा
लगाम लगाउनुभएन भने ठूलो समस्यामा पर्नुहुनेछ । आठौँ
चन्द्रमाको गोचरले आज तपाईँलाई चोट, दुर्घटना तथा अत्यन्त
पीडाको भय देखिन्छ । आज यात्रा तथा सवारी चलाउने काम नगरेकै
राम्रो । झैझमेला तथा मुद्धामामिलामा नपरिएला भन्न सकिन्न ।
थकान तथा मानसिक तनावले ग्रस्त बनाउला । परिवारजनमा समेत केही अशुभ
संकेत देखिन्छ । खर्च नियन्त्रण गर्न पनि गाह्रो होला ।
तुलाः साझेदारी व्यवशायमा आज प्रशस्त आर्थिक लाभ हुने दिन
देखिन्छ । आज तपाईँको चरित्र र सुन्दरताको विशेष प्रशंसा, चर्चा र
कदर हुनेछ । पतिपत्नीबिचमा पनि प्रेमील र सुमधुर सम्बन्ध
बन्नेछ । आज तपाईँको कर्मप्रति इच्छाशक्त िर लगनशीलता
बढेर जानाले सफलताको उचाइमा पुग्नुहुनेछ । विपरीत लिङ्गिीका
तर्फबाट विशेष महत्वपूर्ण र लाभदायक कामहरु बन्नेछन् । शरीर
पूmर्तिलो रहनेछ । मन केही चञ्चल रहनेछ ।
वृश्चिकः आजको दिन निकै दौडधूपमा बित्ला । तर मिहेनत अनुसार
सफलता मिल्नेछ । आज ऋणमुक्त हुने दिन पनि देखिन्छ । शरीर
स्वस्थ हुँदै जानेछ । सन्तानका तर्फबाट धनागमन हुने योग
देखिन्छ । मावलीका तर्फबाट विशेष सहयोग या उपहार प्राप्त हुने
देखिन्छ । विदेशबाट कुनै सुखद खबर सुन्न पाइएला । खर्च बढेपनि
आम्दानीमा कमी नआउनाले आर्थिक पाटो सन्तोषजनक नै
देखिन्छ । अस्पतालको बसाइमा हुनुहुन्छ भने आज डिस्चार्ज
हुनुहुनेछ ।
धनुः कार्यसिद्धि हुने दिन छ आज । सन्तान सुख प्राप्त होला ।
नसोचेका ठाउँबाट रुपैयाँ वा धन प्राप्त हुने देखिन्छ । यदि
कसैलाई प्रेम प्रस्ताव राख्दै हुनुहुन्छ भने आज तपाईँको
प्रस्तावले सार्थकता पाउनेछ । तपाईँलाई लोटरी, चिठ्ठा अािद पर्ने
योग पनि छ । इच्छाएका कामहरु पूरा हुनेछन् । रोगहरुबाट
मुक्ति मिल्नेछ । पीता, अग्रज या गुरुजनहरुको आशीर्वचनका
प्रभावले विशेष सफलता मिल्नेछ ।धार्मीक आस्थाकै कारणले आज
भगवान तपाईँको दाहिना हुनुहुन्छ ।
मकरः आज तपाईँलाई अस्वस्थताले सताउने देखिन्छ । श्वासप्रश्वास
सम्बन्धि समस्या देखिएला । दैनिक कामकाजमा विलम्ब हुने या
सोचेजति काम नबन्ने देखिन्छ । आज आमासँग विवाद रहला ।
तपाईँले आप्mनो जन्मभूमी छोड्नुपर्ने हुन सक्छ ।
पशुधनबाट नोक्सान हुने देखिन्छ । तपाईँको नैतिकता माथि
प्रश्नचिन्ह लाग्ने समय छ । कुनैपनि निर्णय गर्नुअघि धेरै सोचविचार
गर्नुहोला । आज तपाईँले आप्mनै अधिकार प्राप्तिका लागि समेत
संघर्ष गर्नुपर्ने दिन हो ।
कुम्भः आज तपाईँमा वृद्धि भएको साहस र पराक्रमले खुड्किलो
उकाल्नेछ ।छोटा तथा लाभदायक व्यावशायिक यात्रा गर्नुपर्ला ।
भाइवहिनीका तर्फबाट सुख मिल्नेछ । कला र गलाको प्रभाव बढ्ने
देखिन्छ ।आज तपाईँको भाग्य बलियो भएर आएको छ ।
धर्मकर्ममा मन लाग्नेछ । पितृसुख प्राप्त होला । पीतासँग विशेष
निकटता बढ्ला । आज तपाईँले पुण्य हुने कामहरु गर्नुहुनेछ ।
आज तपाईँलाई प्रेमजीवनको सुख पनि प्राप्त होला ।
मीनः तपाईँको बोलीको प्रभाव बढ्ने छ । जसका कारणले धेरै
कामहरु बन्नेछन् । प्रशस्त धनलाभ हुने दिन छ । परिवार तथा
कुटुम्बहरुका तर्फबाट समेत सन्तोष हुने देखिन्छ । आँखा तथा
नाकसम्बन्धि समस्याहरु हटेर जालान। ससुराली पक्षबाट महत्वपूर्ण
कामहरु बन्नेछन् । नसोचेका ठाउँबाट अचानक धन प्राप्त होला ।
गुप्तांग सम्बन्धि रोगहरु हराउँदै जानेछन् । तपाईँको
कुटनीनिक चातुर्यताले समयलाई आप्mनो अनुकूल राख्न
सक्नुहुनेछ ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१७
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा
सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”