सुरुङ्गा, पुस ९ गते । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेश एक स्तरीय छनौट खेलको पुरुष तर्फको छनौट खेलको उपाधि मोरङ्ग जिल्लाले हात पारेको छ । बिहिवार झापाको कनकाई नगरपालिकास्थित कनकाई माविको खेल मैदानमा भएको फाइनल खेलमा अर्को प्रतिद्धन्द्धी सुनसरी जिल्लाको क्रिकेट क्लवलाई १६३ रनको पराकिलो जित निकाल्दै उक्त उपाधि जितेको हो ।
पहिले ब्याटिङ्ग गरेको मोरङ्गले ५ विकेटको क्षतिमा २ सय ९४ रनको विशाल योगफल जोडेको थियो । २ सय ९५ रनको विजय लक्ष्य राखि दोस्रो ब्याटिङ्ग थालेको सुनसरी कुल ४० ओभरको खेलमा ३५ ओभर खेल्दै सबै विकेटको क्षतिमा मात्र १३१ रनमै समेटियो । सुनसरीलाई सस्तैमा समेटने क्रममा मोरङ्गका उमेर समुहका राष्ट्रिय खेलाडी समेत रहेका दिपेश कडेँलले एक्लैले ४ विकेट लिनुभयो । यसैगरि मोरङ्गकै सुवकर उराउ र सिद्धाथ लोहनीले समान २÷२ विकेट लिनुभयो । मोरङ्गका लागि रवि रोएले सर्बाधिक ९३ रनको योगदान दिनुभयो भने मुकुन्द यादवले ८० र मिनास थापाले ६३ रनको योगदान दिनुभयो । विजयी तथा उपविजयी हुने टिमलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, प्रवक्ता गोविन्दप्रसाद पौड्याल, प्रदेश क्रिकेट संघका सचिव मनोज कटुवाल लागायातले ट्रफि प्रदान गर्नुभयो । झापा, मोरङ्ग, सुनसरी, उदयपुर र इलाम जिल्ला सहभागि टिमका खेलाडीहरुबाट प्रदेश एकका लागि खेलाडी छनौट गरिने आयोजकले जनाएको छ । यता महिला तर्फको क्रिकेट प्रतियोगितामा समेत प्रदेश एकबाट १९ खेलाडी छनौट भई बन्द प्रशिक्षणमा रहेको प्रशिक्षक मनोज कटुवालले बताउँनुभएको छ । जसमा झापाका सर्वाधिक १२ जना खेलाडी छनौटमा रहेको समेत कटुवालले बताउँनुभयो ।
यसैगरि इलामका ३ जना र मोरङ्गका ४ जना खेलाडी छनौट हुन सफ लबनेका हुन । महिला तर्फको छनौट खेलको उपाधि समेत झापाले हात पारेको थियो । प्रतियोगिता मेचीनगरमा सम्पन्न भएको हो । छनौट भएका मध्ये १४ खेलाडीलाई अन्तिम सुचिमा राखिने समेत कटुवालले बताउँनुभयो ।