सुरुङ्गा,पुष ८-कनकाई नगरस्तरिय बाल संजालको तेश्रो अधिवेशन सम्पन्न भए संगै अध्यक्षमा खेमराज चापागाईं सर्वसम्मत चयन भएका छन । जेसिस भवन सुरुङ्गामा बुधबार सम्पन्न तेश्रो अधिवेशनले चापागाईलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
संजालको उपाध्यक्षमा हिमाल थापा मगर, सचिव प्रतिमा आचार्य, सहसचिव सार्थक निरौला, कोषाध्यक्ष प्रिती रिजाल, सदस्यहरुमा क्रमस अभिषेक मिश्र, अनुप भट्टराई, नविना आचार्यलाई चयन भएका छन ।
यस्तै सल्लाहकारमा पूर्वअध्यक्षहरु हिमांशु उप्रेती र सारिका गिरीलाई चयन भएका छन ।तेस्रो अधिवेशनका अवसरमा उत्कृष्ट बाल क्लव तथा सहयोगीलाई सम्मान समेत गरिएको थियो । हिमांशु उप्रेतीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नगर प्रमुख राजेन्द्र पोख्रेल, उपप्रमुख मञ्जु प्रसाई, बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपालका संयोजक सरोज पौडेल लगायतले नव गठित संजाललाई शुभकामना दिएका थिए । कार्यक्रमको सहजीकरण सहजकर्ता सुमन ढकालले गरेका थिए ।