कनकाई अनलाईन शरणामती,पुस ५।झापाको सुरुङा देखि झापा गाउँपालिका-१ लसुना जोड्ने निर्माणाधिन अमरपथ राजमार्गमा अत्यधिक धुलो उडेकोले मानवजीवन प्रभावित भएको भन्दै यहाँका युवाहरुले धुलो न्युनिकरण गर्न पहल सुरु गरेका छन।झापा गाउँपालिका-६ शरणामतीका अगुवा युवाहरुले आइतबार ६ नं वडा कार्यालयमा एक निवेदन दिदै वडाध्यक्ष हरिबहादुर बानियाँलाई धुलो न्युनिकरण गरिदिन पहल गर्न आग्रह गरेका हुन।
नेपाल कम्युनिस्ट पार्टी झापा गाउँपालिकाका सचिव गजेन्द्र ताम्ली लिम्बुले आफुहरुले पटक पटक धुलो न्यूनीकरण गर्न बाटोमा पानी हाल्दिन सरोकारवाला निकाय संग पटक पटक संवाद र बार्ता गरे पनि कार्यान्वयन नभएको जिकीर गर्नुभयो।यता वडाध्यक्ष हरिबहादुर बानियाँले युवाहरुकै सामु झापा गाउँपालिकामा पर्ने सडकमा पानी हाल्दिन सडक निर्माण गर्दैगरेका ठेकेदार संग कुरा गरेको बताउनु भयो।बानियाँले ठेकेदारलाई उद्दग्रीत गर्दै ठेकेदारले आइतबार बेलुका सम्ममा बाटोमा पानी हाल्ने प्रतिबद्धता ब्यक्त गरेको कनकाई अनलाईनलाई बताउनु भयो।
यता धुलो न्युनिकरणको निकास पहिलो चरणमा बार्ताबाट खोजेपनी संवन्धित निकायले आफ्नो प्रतिबद्धता २४ घण्टामा पूरा नगरे अमरपथ सडकमा हिड्ने ट्रीपर रोकिने अगुवा युवा मनोज ताम्लीले जानकारी दिनुभयो।ताम्लीले भन्नुभयो “यही अमरपथ बाटो कनकाई नगरपालिकाले पानी हालेर धुलो न्युनीकरण गर्न सक्छ भने झापा गाउँपालिकाले किन नसक्ने”।२४ घन्टा सम्म हामी पर्खिन्छौ संम्बन्धित निकायले आनाकानी गरे अमरपथमा हिड्ने सवारी रोकिने ताम्लीले बताउनु भयो।
स्मरण रहोस कनकाई नगरपालिका-५ स्थित तुलसीबारीमा युवाहरुले झापा गाउँपालिका तर्फ आउदै गरेका टृपर बाटोमै रोकेपछी संवन्धित पक्षले कनकाइ र झापाको सिमा सम्म अहिले बाटोमा पानी हाल्ने गरेका छन।अमरपथ बाटो अहिले निर्माणाधिन छ।पुर्वाधार बिकास कार्यालय झापाले कनकाइ र झापा गाउँपालिकामा दुई ठेकेदार कम्पनीलाई ठेक्कामा लगाएको छ।