Kanakai Online

सुरुङ्गामा प्रदेश स्तरीय क्रिकेट सुरु


शुक्रवार, पौष ३, २०७७ |

कनकाई अनलाईन
कनकाई मावि सुरुङ्गाको खेल मैदानमा आजदेखि प्रदेश एक स्तरीय खेलाडी छनौटको क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले खेल रेफ्रीलाई क्रिकेट वल हस्तानतरण गर्दै आज प्रतियोगिताको सुरुवात गर्नुभयो ।
हुनलागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि प्रदेश नम्बर एकबाट खेलाडी छनौट गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको झापा जिल्ला क्रिकेट संघका सचिव तथा पूर्व राष्ट्रिय खेलाडी लाक्पा लामाले बताउँनुभयो । प्रतियोगिताको संयोजन सचेत युवा क्लव सुरुङ्गा र ह्रवाइट वास क्रिकेट क्लव सुरुङ्गाले गरेको हो ।
आज भएको पहिलो दिनको खेल सुनसरी र उदयपुर जिल्ला बिच भइरहेको छ । हाल सुनसरीले पहिले ब्याटिङ्ग गरिरहेको छ । हालसम्म १६ ओभरमा सुनसरीले एक विकेटको नोक्सानीमा ९२ रन जोडिसकेको ह्वाइट वास क्रिकेट क्लवका अध्यक्ष अनुस कट्टेलले जानकारी दिनुभयो ।
खेल ४० ओभरको हुने बताइएको छ । कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकाले क्रिकेट खेलको विकासका लागि थुप्रै योजनाहरु बनाइरहेको बताउँदै युवाको क्षमता विकाशका लागि हालैमात्रै नेट पिच समेत निर्माण गरिदिएको जानकारी दिनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख उदयसंम्सेर जबरा, जिल्ला क्रिकेट संघका सचिव लाक्पा लामा, सुरुङ्गा जेसिजका पूर्व अध्यक्ष मोतीखर ओझा, पत्रकार महासंघ झापाका सदस्य लीलाराज झापाली लगायातले कार्यक्रम सफलताको शुभकामना राख्नुभएको थियो । कार्यक्रम सचेत युवा क्लवका अध्यक्ष निशेष ओलीको सभापतित्वमा भएको थियो । ५ दिनसम्म चल्ने प्रतियोगितामा आयोजक झापा सहित मोरङ्ग, सुनसरी, उदयपुर र इलाम जिल्लाको सहभागिता रहेको छ ।
झापामै अन्य काँकडभिट्टामा महिलाको र भद्रपुरमा समेत पुरुषको छनौट खेल भइरहेको त्रिकेटका प्रदेश सदस्य तथा पूर्व राष्ट्रिय खेलाडी अजय राजवंशीले बताउँनुभयो ।

सम्बन्धित खबर