Kanakai Online

शैशव मंचले झापालाई बालमैत्री बनाउन सहयोग गर्ने


सोमवार, मंसिर २९, २०७७ |

कनकाई अनलाईन
झापा जिल्लालाई बालमैत्री बनाउन बनाउन शैशव मंचले सहयोग गर्ने भएको छ ।


शैशव मंच नेपालको बालमैत्री झापा जिल्ला घोषणा गर्न अभियान सुरु गरेको हो ।
कनकाई नगरपालिका सुरुङ्गामा जिल्लाभरका वालअधिकारकर्मीहरुको वाल भेलाले जिल्लाभरका स्थानीय तहमा बालमैत्री बनाउन सक्दो अभियान संचालन गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा कनकाई नगरपालिकाका उपप्रमुख मन्जु प्रसाई, कनकाई वार्डनम्बर ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक उदय संम्सेर जबरा, कनकाई उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कुमारमणि पोखरेल, समाजसेवी दुर्गा प्रसाई, शैशव मंच नेपालका सल्लाहकार यज्ञराज कार्की , केन्द्रीय सल्लाहकार सुधिर राजभर, शैशव मंच नेपाल झापाका अध्यक्ष टिकाराम वास्तोला लगायातले वालवालिकाको शिक्षा र अनाथहरुको उचित संरक्षणमा ध्यान दिन आग्रह गरेका छन ।

सहभागिहरुले झापालाई वालमैत्री घोषणा गर्न मंच र सम्बन्धित पालिकाहरुले पहलकदमी लिन आग्रह गर्नुभयो । यसैविच कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले कनकाई नगरपालिकालाई कम्तीमा जिल्लाकै दोस्रो बालमैत्री पालिका घोषणा गर्न तयारी थालिएको जानकारी दिनुभयो ।
कार्यक्रम शैशव मंच नेपालका अध्यक्ष दिवश कार्कीको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित खबर