कनकाई अनलाईन
नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले बर्तमान कम्युनिष्ट सरकार जनताको सरकार नभएर कम्युनिष्ट पार्टीको मात्रै सरकार भएको आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेस झापाले बिर्तामोडमा सोमवार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता महतले वर्तमान सरकारले नेपाली जनताको चहाना पुरा गर्न नसेको भन्दै देशलाई चाडो कांग्रेस पार्टीको खाचो परेको दावी गर्नुभयो ।
देशभर सोमवार कांग्रेसले सरकारको विरोधमा सभाहरु आयोजना गरिरहेको बताउँदै नेता महतले उनले अबको निर्वाचनबाट जनताले कांग्रेसलाई सरकारमा पुर्याउने समेत बताउँनुभयो महतले वर्तमान कम्युनिष्ट सरकारले कुरा धेरै , काम थोरै गरेको भन्दै सरकार भ्रष्टाचार , अनियमिततामामा मात्रै दौडिरहेको र जनजिविकामा ध्यान नदिएको आरोप लगाउनुभयो ।
हरेक लगानीमा सरकार मोलतोल गरिरहेको भन्दै कम्युनिष्ट पार्टीले सपना बाँडेर मात्रै निर्वाचन जितेको भन्दै सरकारले जनताको मन जित्न नसकेको बताउँनुभयो । नेता महतले सत्ता नपाउने भएपछि प्रचण्ड–नेपाल समूहले कांग्रेसले उठाएको मुद्दा वारे प्रधानमन्त्रीलाई लिखित पत्र बुझाएको बताउँनुभयो ।
विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस नेता केशव कुमार बुढाथोकीले कम्युनिष्ट सरकारले संविधानको संरक्षण गर्न नसकेको भन्दै अब संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताउँनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य बुडाथोकीले मुलुकमा अर्को कुनै व्यवस्थाको कल्पना गर्न नसकिने बताउनुभयो । ‘मुठ्ठीभरको जुलुस निकालेर देशमा व्यवस्था परिवर्तन गर्न सकिदैन भन्दै नेता बुढाथोकीले राजा कतै नगएको भन्दै राजा आउ भनिरहनु नपर्ने बताउँनुभयो । बुडाथोकीले आफ्नै घर सम्हाल्न नसक्नेले देश बनाउन नसक्ने बताउँनुभयो । जिल्लाका १५ वटै पालिकाबाट र्याली गर्दै आएका कांग्रेस कार्यकर्ताले कम्युनिष्ट सरकार विरुद्ध चर्को नारा लगाएका थिए ।